‘देसी दारु’को सेवनबाट भारतमा १७ जनाको मृत्यु « Khabarhub

‘देसी दारु’को सेवनबाट भारतमा १७ जनाको मृत्यु


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी– भारतको आसाममा विषाक्त मदिरा (देसी दारु)को सेवनबाट कम्तीमा १७ जनाको ज्यान गएको छ । राजधानी गुवाहाटीबाट ३ सय १० किलोमिटर टाढा गोलाघाटमा भन्ने स्थानमा रहेको चिया बगानमा काम गर्ने मजदुरले विषाक्त मदिराको सेवन गर्दा भएको घटनामा अरु ४० जना भन्दा धेरै सिकिस्त बिरामी परेका छन् ।

साप्ताहिक पारिश्रमिक आएपछि स्थानीय चिया बगानका १ सय जनाभन्दा धेरै कामदारले मदिरा सेवन गरेका थिए । मारिनेमा ७ जना महिलासमेत रहेका जनाइएको छ । मदिरा सेवनपछि बिमारी परेकाहरुलाई अस्पतालमा भर्ना गर्ने क्रम जारी रहेको स्थानीय अधिकारीले जनाएका छन् ।

सिकिस्त बिमारी परेकामध्ये केहीको अवस्था नाजुक रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

दुई साताअघि मात्रै भारतको उत्तराखण्डमा विषाक्त मदिरा सेवनपछि १ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

‘देसी शराब’ वा ‘देसी दारु’ भनेर चिनिने निम्नस्तरका मदिराको सेवनबाट भारतमा वर्षेनी कयौँको ज्यान जाने गर्छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ५ : २० बजे

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।