इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो « Khabarhub

इतिहास रच्दै ‘पुष्पा–२’, व्यापार १५ सय करोड नाघ्यो


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तेलगु नायक अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म ‘पुष्पा–२’ले व्यापारले १५ सयको आँकडा पार गरेको छ ।

प्रदर्शनको १९ दिनमा यस फिल्मले विश्वव्यापीरुपमा भारतीय रुपैयाँ १५२६ करोडको व्यापार गरेको हो ।

उक्त अवधिमा तेलगु भाषामा मात्रै यस फिल्मले ३०७ करोड भारुको व्यापार गरेको छ । यस अवधिमा हिन्दी भाषाबाटै मात्र यस फिल्मले भारु ६९० करोडको ग्रस कलेक्सन गरेको ।

१९ औँ दिनमा आइपुग्दा पनि यस फिल्मले हिन्दी भाषामा १० करोड माथिको व्यापार गरेको छ ।

अबको केही दिनमै यो फिल्म हिन्दी भाषामा कलेक्सनका ७०० करोड क्लबमा प्रवेश गर्ने पक्का भएको छ ।

भारतीय मिडिया अमर उजालाका अनुसार ७०० करोडमा प्रवेश भएको अवस्थामा यो फिल्मले कीर्तिमान राख्नेछ । भारतीय फिल्मको इतिहासमा अहिलेसम्म कुनै हिन्दी भाषामा मात्रै यो आँकडा पार गर्न सकेका छैनन् ।

यसअघि हिन्दी भाषामा सबैभन्दा बढी कमाइ गर्ने फिल्म शाहरुख खान अभिनित ‘जवान’ हो । यसले हिन्दी भाषामा ५८२ करोड भारु ग्रस कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  २ : ४८ बजे

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल मंसिर २० गते शनिबार तदनुसार