सूर्यको नजिकै पुगेर कीर्तिमान कायम गर्दै स्पेसक्राफ्ट | Khabarhub Khabarhub

सूर्यको नजिकै पुगेर कीर्तिमान कायम गर्दै स्पेसक्राफ्ट


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– सूर्यबाट नजिकै पुगेर नासाको स्पेसक्राफ्टले कीर्तिमान कायम गर्ने भएको छ । उच्च ताप र रेडिएसनको सामना गर्दै पार्कर सोलार वातावरण छाडेर बाहिर गइसकेको छ ।

धेरै लामो समयदेखि सम्पर्कबाहिर रहेको यसबारे वैज्ञानिकहरूले २७ डिसेम्बरमा सिग्नल पाउने अनुमान गरिएको छ । अहिले छानबिनका लागि पठाइएको यसले सूर्यले गर्ने कामबारे थप जानकारी दिने अपेक्षा गरिएको छ ।

नासाका विज्ञान प्रमुख डा. निकोला फक्सले मानिसहरूले वर्षौँदेखि सूर्यबारे अध्ययन गरे पनि त्यहाँ भ्रमण नगरेसम्म कुनै थाहा नहुने बताए ।

सौर्य मण्डलको केन्द्रलाई दूषित गर्दै सन् २०१८ मा पार्कर सोलार प्रक्षेपण गरिएको थियो । सूर्यलाई २१ पटक घुमिसकेको यो एकदमै नजिक पुगी सकेको छ । क्रिसमस इभको दिन भने यो अझ नजिकै पुग्ने छ ।

हाम्रो तारा सूर्यको सतहबाट ६२ लाख किलोमिटर टाढाको दुरीमा सो स्पेसक्राफ्ट पुग्ने छ । पृथ्वी र सूर्यको दुरी ९३ मिलियन किलोमिटर छ । यसको अहिलेको गति मानिसले बनाएको कुनै पनि तत्त्व भन्दा बढी छ ।

वेल्स स्थित फिफ्थ स्टार ल्याबकी डा. जेनिफर मिलार्ड सूर्यको नजिक पुगे पछिको तापक्रम कल्पना भन्दा बाहिर हुने बताउँछिन् । सूर्यको सतहको तापक्रम ६००० डिग्री सेल्सियस छ । यो बाटा लाखौँ किलोमिटर टाढाको स्थानमा पनि सहन सक्ने तापक्रम हुने छैन ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ३ : ४३ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न