पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग « Khabarhub

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित क्षेत्र हटाउन माग गरेको छ ।

मंगलबार रास्वपाका नेताहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पोखराको सहिदचोक, लेकसाइडलगायत क्षेत्रमा दुई महिनादेखि जारी निषेधित क्षेत्र हटाउन जिल्ला प्रशासन समक्ष माग गरेको हो ।

रास्वपाले इसायी धर्मालम्बीहरुको विशेष पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने पर्यटकलाई समस्या हुने भएकाले निषेधित क्षेत्र हटाउन माग गरेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएपछि कत्तिक ३ गतेबाट जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।

यस्तै लेकसाइड प्रवेशको मुख्यमार्गमा दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको रास्वपाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ०० बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा