पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग « Khabarhub

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित क्षेत्र हटाउन माग गरेको छ ।

मंगलबार रास्वपाका नेताहरूले कास्कीका प्रमुख जिल्ला अधिकारीलाई भेटेर पोखराको सहिदचोक, लेकसाइडलगायत क्षेत्रमा दुई महिनादेखि जारी निषेधित क्षेत्र हटाउन जिल्ला प्रशासन समक्ष माग गरेको हो ।

रास्वपाले इसायी धर्मालम्बीहरुको विशेष पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने पर्यटकलाई समस्या हुने भएकाले निषेधित क्षेत्र हटाउन माग गरेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएपछि कत्तिक ३ गतेबाट जिल्ला प्रशाासन कार्यालय कास्कीले पोखराको सहिदचोकदेखि लेकसाइडको स्ट्रिट–१ सम्मको क्षेत्रलाई निषेधित घोषणा गरेको थियो ।

यस्तै लेकसाइड प्रवेशको मुख्यमार्गमा दुई महिनाभन्दा बढी समयदेखि निषेधित क्षेत्र कायम रहँदा पर्यटकको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको रास्वपाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १० : ०० बजे

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर

रवि शुक्रबार मात्रै छुट्ने, रुपन्देही अदालतबाट पूर्जी लिनुपर्ने

काठमाडौं- सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि