सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता « Khabarhub

सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसङ्घका महासचिवको चिन्ता


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वकाबीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिएका छन्।

एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भने, ‘सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित छन्। खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूको लागि बिग्रँदै गएको छ ।’

‘आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।’

सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।

गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनको लागि आफ्नो आह्वानलाई दोहोर्‍याए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र