‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने | Khabarhub Khabarhub

‘जिग्री‘को निर्देशन रहेको ‘लाज शरमण्’ विदेशमा दुई मितिमा प्रदर्शन हुने


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरमण्’को अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । छायाङ्कन नसकिँदै निर्माण पक्षले सेभेन सिज इन्टरनेसनललाई प्रदर्शन अधिकार बेचेको हो ।

निर्माण कम्पनी जेपीटी क्रिएसनका अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीबीच मंगलबार कागजी सम्झौता भएको हो ।

‘लाज शरणम’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना रहेको सेभेन सिजका सुबेदीले बताए ।

उनका अनुसार विदेशी पदर्शन मिति फेब्रुअरी २८ र मार्च ७ हुनेछ । कुन देशमा कुन मितिमा प्रदर्शन हुने यसबारे चाँडै घोषणा हुने उनले बताए ।

नेपाल भने फागुन १४ बाट यस फिल्म प्रदर्शनमा आउँदै छ । कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामाको अभिनय रहने बताइएको छ ।

त्यस्तै, सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), कमलमणी नेपाल (खुपीका बाउ) लगायतका कलाकारको अभिनय रहनेछ ।

नवीन श्रेष्ठ निर्माता रहेको चलचित्रमा राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताको रूपमा रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ५६ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा