धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी | Khabarhub Khabarhub

धान झुल्ने खेतमा कागती पहेँलै, वार्षिक पाँच लाख आम्दानी


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

देउखुरी– धान झुल्ने खेत यतिबेला लटररम्म कागती दाना पहेँलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ ।

घोराही उपमहानगरपालिका–६ बचाहाका भीमप्रसाद खनालले व्यावसायिक रूपमा कागती खेती गरेका छन् । विष्णुदेवी बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको नामको फाम दर्ता गरेर व्यावसायिक कागती खेती गरेको उनले बताए।

उनले आफ्नो १२ कट्ठा जमिनमा पाँच वर्ष अघि रोपेका सुन कागतीले रोपेको दोस्रो  वर्षदेखि फल दिन थालेका छन् । उनको फार्म रहेको जमिनमा तारजाली लगाएका छन् । बिरुवा र तारबार गर्दा ८ लाख लगानी लागेको बताए ।

‘सिँचाइ सुविधा नभएकाले धानखेती गर्न साह्रै गाह्रो भयो, मेहनतअनुसारको उत्पादन भएन, उनले भने, ‘त्यसैले धानखेत मासेर कागती लगाएको हुँ ।’ उनको बारीमा अहिले लटरम्म कागती फलेर पाकेका छन् । कागतीलाई बजारको समस्या छैन, समयमा बीउमल नपाइएला कि भन्ने पनि छैन, उनले भने, ‘कम मेहनत र थोरै लगानीमा बजार पनि राम्रो छ ।’ उनले दुई सय ६५ कागतीका बोटबाट वार्षिक पाँच लाखसम्म आम्दानी हुने गरेको बताए।

बाँकी खेतमा तिहारका लागि रोपेको फूल बिक्री गरेर ७० हजार आम्दानी गरेको उनले बताए। उत्पादन भएको कागती  घोराही वजारमा बिक्री हुने गरेको छ । फुटकर किलोमा एक सय रुपैयाँ र थोकमा चार सय रुपैयाँमा पाँच किलो बिक्री हुने गरेको उनले बताए। दैनिक ५० किलो बिक्री गर्ने गरेको उनले बताए ।

कागती फलेको समयमा सस्तो मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेकाले कागती भण्डारणका लागि चिस्यान केन्द्र भएमा सजिलो हुने उनको भनाइ छ । स्थानीय, प्रदेश सरकारले चिस्यान केन्द्रका लागि सहयोग गर्न पनि आग्रह गरेका छन् ।

पाकेको कागती लामो समयसम्म घरमा राख्न नसकिने र नजिकमा चिस्यान केन्द्र नहुँदा व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङमा व्यावसायिक रूपमा कागती खेती गर्ने किसानको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । कुनैबेला घरायसी प्रयोजनका लागि दुई -चार बोट लगाउनेहरूले अहिले व्यावसायिक रूपमा कागती खेती गर्न थालेका छन् । तीन वर्षअघि ५० हेक्टर क्षेत्रफलमा कागती खेती गरिँदै आएको थियो, अहिले २९१ हेक्टरमा कागती खेती हुने गरेको छ ।

ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार अहिले ११० हेक्टरमा वार्षिक ५६० मेट्रिकटन कागती उत्पादन भइरहेको छ । सुन कागतीले रोपेको दुई वर्षभित्रमा आम्दानी दिन थालेपछि व्यावसायिक रूपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए।

बजारमा कागतीको माग दैनिक बढ्दै गएपछि पछिल्लो समय जिल्लामा कागती खेतीलाई नगदे बालीका रूपमा समेत किसानले लिन थालेका छन् । पछिल्लो समय धेरै किसान व्यावसायिक कागती खेतीमा लागेको उनी बताउँछन्।

सूचना अधिकारी लामिछानेले भने, ‘अन्य बालीको तुलनामा कम लगानी र मेहनतबाटै राम्रो आम्दानी लिन सकिने र बिक्रीका लागि बजारको पनि समस्या नहुँदा धेरै जना किसान कागतीखेतीप्रति आकर्षण बढेको छ । ‘

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ३ : १३ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी