'जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ'  | Khabarhub Khabarhub

‘जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्छ’ 

जलश्रोतलाई सदुपयोग गर्ने गरी विधेयकलाई अघि बढाउनुपर्ने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरुसंग छलफल भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा संशोधनकर्ता सांसदहरूले राष्ट्रिय स्रोतको रूपमा रहेको जलश्रोतलाई सदुपयोग गर्ने गरी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।

सांसद अर्जुन नरसिंह केसीले राष्ट्रिय पूँजीलेमात्रै जलश्रोतको उपयोग गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई पनि यस क्षेत्रमा लगानी गर्न आवश्यक नीति बनाउनुपर्ने बताए।

उनले जलविद्युतको लाइसेन्स लिएर होल्ड गर्ने कामलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिए ।

केसीले लघु जलविद्युत निर्माणका लागि स्थानीय तहको समन्वयनमा स्थानीय जनतालाई सहभागिता गराउने नीति बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै सांसद गोकुल बास्कोटाले ठूला आयोजनाको परिभाषालाई सय बाट पाँच सय मेगावाट रूपमा उल्लेख गर्नुपर्ने सुझाव दिए।

उनले विदेशी लगानीकर्तासँगको सम्झौता गर्दा निर्माण हुने समय नै तोक्नुपर्ने र निर्माणको सुनिश्चितता हुनुपर्ने बताए ।

त्यस्तै अन्य संशोधनकर्ता सांसदहरूले जलविद्युत आयोजना निर्माणका लागि सहज बनाउने गरी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ४ : २६ बजे

आदिलले काठमाडौं गोर्खाजबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सनमा चर्चित

पौडी खेल्ने क्रममा मादी नदीले बगाएर एक जना बेपत्ता

तनहुँ – तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर आज

पोखरामा ‘यल्लो मेटल’ अप्रेसन : ११ करोडको सुनसहित कालिगढ पक्राउ

पोखरा– पोखरामा सुनको अवैध कारोबार फस्टाइरहेको पृष्ठभूमिमा प्रहरीले ‘अप्रेसन यल्लो

आजका समाचार : मनाइयो रक्षाबन्धन-जनैपूर्णिमा, एनपीएल अक्सन सुरु र आर्मेनिया-अजरबैजान युद्ध अन्त्य

एलएलडिसी सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ताप्रधानमन्त्री केपी शर्मा

कांग्रेस-एमालेबीच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति

काँक्रेविहार– कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एमाले)