इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता « Khabarhub

इपिएलः लिभरपुलले बनायो फराकिलो अग्रता


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउँदै लगेको छ। बिहीबार राति भएको खेलमा लिभरपुलले लिसेस्टर सिटीलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा रहेको चेल्सीलाई ७ अङ्कले पछि छाडेको छ। तालिकामा लिभरपुलको ४२ तथा चेल्सीको ३५ अङ्क छ।

यसअघिका ७ मध्ये ५ खेलमा पराजित भएको लिसेस्टरले छैटौँ मिनेटमा जोर्डन आयुको सानदार गोलमा अग्रता लिएको थियो। एन्डी रोबर्टसन र मोहम्मद सलाहको प्रहार गोल पोस्टमा लागेपछि निराश भएको लिभरपुलका लागि पहिलो हाफमै इन्जुरी समयमा कोडी गाक्पोले गोल गरेका थिए।

दोस्रो हाफको चौथो मिनेटमा एलक्सिस म्याक्स एलिस्टरको पासलाई गोलमा परिणत गर्दै कर्टिन जोन्सले लिभरपुललाई अग्रता दिलाए। ८२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुलको जित पक्का गरे। सो गोल उनको सिजनको १९ औं गोल हो।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ६ : ४४ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन ५ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ५ गते मंगलबार सन् २०२६

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप