निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू) | Khabarhub Khabarhub

निमेषभरमै धुँवाको मुस्लोमा परिणत भयो जहाज (तस्बिरहरू)

जहाजमा सवार १८१ जनामध्ये १७९ को मृत्यु


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

सियोल – थाइल्यान्डको बैंककबाट १८१ जना बोकेर दक्षिण कोरियाको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका लागि तम्तयार जहाज अचानक चराहरूको झुन्डसँग ठोक्किन पुग्यो ।

स्थानीय समयानुसार बिहान ९ बजेर ७ मिनेटमा विमानस्थलभित्रै भयंकर दुर्घटनामा पर्नुअघि यो जहाजले आकाशमा दुई चक्कर लगाएको थियो ।

चराहरूको झुन्डसँग ठोक्किएपछि ल्यान्डिङ गियरमा समस्या देखिएको जहाजलाई आपतकालीन अवतरणका लागि अनुमति दिइएको थियो ।

समाचार एजेन्सीका अुनसार जेजु एयरको उडान नम्बर २२१६ को जहाज देशको दक्षिण-पश्चिमस्थित मुआन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा काँडेतारसहितको पर्खालमा ठोक्किएर ध्वस्तभएको हो ।

विमान थाइल्यान्डको बैंककबाट दक्षिण कोरिया फर्किएर अवतरणका क्रममा दुर्घटनामा परेको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोअनुसार जहाज रनवेबाट चिप्लिएर पर्खालमा ठोक्किएपछि एकैचोटी आगोको मुस्लोमा परिणत भएको देखिएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जहाज चराहरूको झुन्डसँग ठोकिन पुगेको थियो । त्यसकारण जहाजको ल्यान्डिङ गियरमा खराबी आयो । ल्यान्डिङ गियरमा समस्या आएपछि दुई चक्कर आकाशमा लगाएको जहाज पहिलो प्रयासमा अवतरण हुन सकेन। त्यसपछि दोस्रो प्रयास गर्न दिइयो । तर ल्यान्डिङ गियरमा समस्या देखिएको जहाज दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

एयरपोर्टको चक्कर लगाएपछि जहाजले ल्यान्डिङ्ग गियरलाई पूरै नझारी आपतकालीन अवतरण गरेको थियो । १८१ यात्रु बोकेको जहाज दुर्घटनामा ज्यान गुमाउनेको संख्या १७९ पुगिसकेको छ । योनहाप न्यूज एजेन्सीले उद्धारकर्मीलाई उद्धृत गर्दै जनाएअनुसार अब जहाजमा सवार २ जना मात्रै जीवित भेटिएका छन् ।

कोरिया हेराल्डले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार विमान दोस्रो पटक अवतरणको कोसिसमा लाग्दा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा १७५ यात्रु र चालक दलका ६ जना सदस्य थिए । यात्रुमा १७३ जना दक्षिण कोरियाली नागरिक थिए । अन्य दुईजनाको राहदानी थाई थियो ।

सबै तस्बिरहरू : एपी

 

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ४१ बजे

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२