युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ « Khabarhub

युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका विपिन कार्की र नायिका मिरुना मगर अभिनित फिल्म ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ युट्युबको संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा परेको छ । गत बिहीबार सार्वजनिक यो गीत तीन दिनमै ट्रेन्डिङ १ मा उक्लिएको हो ।

विपिन र मिरुनाको अभिनय रहेको यो गीत नेपालसहित अन्य देशमा पनि ट्रेन्डिङमा परेको छ । यो समाचार तयार पर्दा यो गीत माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र यूएईमा पाँचौँ तथा कुवेतमा १९ नम्बर ट्रेन्डिङमा छ ।

‘कौडा/चुट्का’ भाकामा तयार पारिएको यस गीतको भिडियोमा फिल्मका केन्द्रीय पात्र विपिन र मिरुनाको प्रेमलाई प्रस्तुत गरिएको छ ।

गीत ट्रेन्डिङमा परेकाले निर्देशक नवीन चौहान फिल्मप्रति थप आशावादी छन् । भन्छन्, ‘दर्शकले गीत मन पराइदिनु भयो । हामीले यो गीतबाट यस्तै अपेक्षा राखेका थियौं । फिल्मलाई पनि दर्शकले यसरी नै मन पराउनुहुन्छ भने आशा थप बढेको छ ।’

यो गीतमा गायक सुजन चापागाईं र सुनिता थेगिमले स्वर दिएका छन् । शब्द पनि गायक चापागाईंकै हो ।

‘ऊनको स्वीटर’ आर्टमाण्डु प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर फिल्म हो ।

फिल्ममा विपिन र मिरुनासहित सुनील पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बूलगायतको अभिनय छ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ५६ बजे

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ