हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित « Khabarhub

हुम्लामा लगातार हिमपात, जनजीवन प्रभावित


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ । लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित बनेको हो ।

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए ।

‘गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरी गाई छाडा भएका छन् । एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठ्यारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ’, उनले भने ।

सिमकोट हुने सबै हवाई यातायात बन्द भएको हवाई उड्डयन कार्यालयले जानकारी गराएको छ । चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन् । यस वर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेका स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ४ : ४० बजे

देशभर १३ विपद्का घटना, एक जनाको मृत्यु, आठ घाइते

काठमाडौँ– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का

एल क्लासिकोमा रियल मड्रिड र बार्सिलोना भिड्दै

काठमाडौं- आज राति स्पेनी फुटबलका महारथीहरु बार्सिलोना र रियल मड्रिडबीच

बर्जुमा बोराभित्र एक पुरुषको शव भेटियो

सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत