हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक (भिडियो) « Khabarhub

हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक (भिडियो)


१४ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  माघ २५ बाट प्रदर्शनमा आउने हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले आइतबार सार्वजनिक गरेको टिजरमा फिल्मका मुख्य कलाकार प्रियंका कार्की, दिया मास्के र सुलक्षण भारतीलगायतलाई स्थान दिइएको छ ।

एक मिनेट ३८ सेकेण्ड लामो टिजर हरर खुराकहरुलाई विशेष स्थान दिइएको छ । कालो बिरालो ‘अशुभ’ हुन्छ भन्ने मान्यतालाई टिजरमा अटाउने प्रयास गरेको पाइन्छ ।

टिजरमा एक बालकले भन्छन्, ‘कालो बिरालो त बोक्सीको बान हो ।’ टिजरले फिल्मका कलाकारहरुको भूमिका खुलाउँछ । साथै, यसले एउटा परिवारमा निम्तिने ‘काला विपत्ति’को कथा उठान गरेको बुझ्न सकिन्छ ।

निर्माण पक्षका अनुसार एक परिवारले कुकुरको निधनपछि कालो बिरालोलाई पालेपछि उत्पन्न हुने घटनाहरुका बारेमा फिल्म बनेको छ ।

फिल्ममा प्रियंका, दिया, शुलक्षणसहित समिप निरौला, धनश्याम जोशी, आयुषी ढकाल लगायतको अभिनय रहेको छ ।

एस ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यही फिल्मबाट समर निरौलाले निर्देशनमा डेब्यू गर्दैछन् । समर र पूर्णिमाको लेखन रहने यस फिल्मको निर्माता लोकराज जोशी र पूर्णिमा आफैँ हुन् ।

हेर्नुहोस् टिजर :

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  ९ : ४९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच