देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति | Khabarhub Khabarhub

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँ : राष्ट्रपति


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्दै आर्थिक एवं भौतिक विकासको माध्यमबाट देशलाई समृद्धिको मार्गमा अग्रसर गराउनु आजको आवश्कता भएको बताएका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले मंगलबार आयोजना गरेको श्रम संसद्मा उनले मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक प्रगति मात्र नभई  यससँग मानवीय पक्ष पनि हो भने। आफूले राजनीतिक जीवनमा देशको सामाजिक एवं आर्थिक रूपान्तरणका लागि किसान र श्रमिकलाई साथमा लिएर काम गरेको स्मरण गरे। 

‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ’, राष्ट्रपति पौडेलले भने। 

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदाबाजी र योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा समावेश गरिएको उनले बताए। 

‘देशमा सबैभन्दा ठूलो श्रमिकहरूको सङ्ख्या कृषि क्षेत्रमा रहेकाले मैले ‘व्यावसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ’, उनले भने। 

राष्ट्रपति पौडेलले  प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेकामा चिन्ता व्यक्त गरे। उनले जलवायु परिवर्तनको असरबाट महिला श्रमिकहरू बढी प्रभावित भएका बताए। 

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ३ : ०४ बजे

सहकारी प्रकरणमा रास्वपालाई ओलीको जवाफ- सडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले

क्षतिको मूल्यांकन र पुनः निर्माण तीव्र रूपमा अगाडि बढ्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनः

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार कति ?

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार

ओलीको प्रतिवेदन भन्छ- गणतन्त्रले अपेक्षित उपलब्धि दिन सकेको छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय

ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी