‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’ | Khabarhub Khabarhub

‘राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन’


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन् । 

कांग्रेस इलामले मंगलबार आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘२०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो । त्यतिबेला राष्ट्रको स्वाधीनता र यसको अस्तित्व रक्षाको समय थियो । अहिले समय फेरियो । हामी गणतान्त्रिक मुलुकमा गयौँ,’ महरले भने, ‘बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नुभएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन । अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ ।’ 

संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको नेता महरले औँल्याए । 

‘बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन,’ उनले भने, ‘यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ । त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ ।’ 

नेता महरले कांग्रेसको १५ औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

 ‘एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकी रहेका कार्यभार कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ,’ उनको भनाइ थियो, ‘सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ । त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ ।’

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ११ बजे

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ ।

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत