जनअपेक्षा अनुसार ‘एक्सन’ मा नगए ‘रियाक्सन’ हुन्छ– प्रचण्ड « Khabarhub

जनअपेक्षा अनुसार ‘एक्सन’ मा नगए ‘रियाक्सन’ हुन्छ– प्रचण्ड


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनअपेक्षा अनुसार ‘एक्सन’ मा जान ढिला गरेको खण्डमा अर्कोले ‘रियाक्सन’ गर्ने बताएका छन् ।

विहीवार राजधानीमा आयोजित दलित अधिकारका लागि जनप्रतिनिधिको भूमिका विषय कार्यक्रममा प्रचण्डले जनअपेक्षा अनुसार काम नभए प्रतिक्रियावादीले रियाक्सन गर्ने र त्यो जनताको निमित्त महँगो पर्ने बताए ।

‘हामी राजनीतिक नेतृत्व र सरकारले अव जनअपेक्षा अनुसार एक्सनमा जान ढिला गरियो भने अर्कोले रियाक्सन गर्छ’ प्रचण्डले भने,‘त्यो नेपाली जनताको निमित्त महंगो पर्न सक्छ ।’

देशमा भएको परिवर्तनमाथि प्रश्न उठाउने तत्वहरु टाउको उठाउन खोजिरहेका भन्दै प्रचण्डले सबै राजनीतिक दल र शक्तिहरु एक ठाउँमा उभिनु पर्ने बताए ।

‘जनतालाई विश्वासमा लिएर अघि बढ्न जरुरी छ । संविधान कार्यान्वयको सन्दर्भमा देखा परेका समस्या समाधान गर्नका लागि’ प्रचण्डले भने‘ सत्ताच्यूत गरिएका केही मानिसले समाजमा फैलाउन खोजेका भ्रमका बारेमा हामीले बाल्नु पर्छ भनेर हामीले केही पहिला सर्वदलीय बैठक समेत राख्र्यौ र यसमा हामी एक ठाउँमा छौं भन्ने सन्देश दिएका छौं ।’

प्रचण्डले विकास निर्माण, संविधान कार्यान्वय लगायतका काम छिटोभन्दा छिटो गर्दै अघि बढ्नुपर्ने बताए ।

हरेक ठूला क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहेको भन्दै प्रचण्डले त्यसबाट सजग हुनुपर्ने र चनाखो बस्नुपर्ने बताए ।

‘अहिले नै प्रतिक्रान्तिको अवस्था आयो, खतरा भइहाल्यो भन्न खोजेको होइन, तर हरेक क्रान्तिपछि प्रतिक्रान्तिको खतरा रहन्छ त्यसैले चनाखो रहनुपर्छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  १२ : ४९ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली