यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ) | Khabarhub Khabarhub

यस्तो छ आगामी यात्राबारे भीम रावलको धारणा (पूर्णपाठ)


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राजनीतिबाट बिदा गरिएका डा. भीमबहादुर रावलले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्नो आगामी यात्राबारे औपचारिक धारणा सार्वजनिक गरेका छन् ।

उनले आफ्ना कुराहरू राख्दै भावी कार्ययोजना पनि सार्वजनिक गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ वैकल्पिक राजनीतिक शक्तिको पनि घोषणा गरे ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल केही दिनयता संवादमा थिए । उनले बुधबार देशलाई नयाँ वैकल्पिक राजनीतिक शक्ति चाहिएको बताए । त्यसका लागि राष्ट्रभक्त शक्तिहरूसँग सहकार्यका लागि आफू तयार रहेको पनि रावलले बताए ।

नयाँ पार्टी खोल्ने योजना बुधबार घोषणा घोषणा नगरे पनि चाँडै त्यसलाई मूर्तरुप दिने उनले बताएका छन् । त्यसका लागि आफू चरणबद्ध छलफलमा रहेको पनि उनले खुलाएका छन् ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेबाट किनाराकृत भएका थिए । चितवन महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएपछि उनलाई किनारा लगाइएको थियो ।

एमालेमा किनाराकृत भइसकेका रावलको सुदूरपश्चिम र कर्णालीमा राम्रो पकड छ । एमालेले अछाममा अहिलेसम्म जिल्ला अधिवेशन गर्न नसकेको अवस्थामा गत पुस ११ गतेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गरेको हो ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ३ : ५८ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित