यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर | Khabarhub Khabarhub

यस्तो बन्यो ‘कार्साङ’को ट्रेलर


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुस २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘कार्साङ’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले बुधबार सार्वजनिक गरेको ट्रेलरमा फिल्मका केन्द्रीय कलाकारहरु दयाहाङ राई, जितु नेपाल, दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ छन् ।

दयाहाङ र सिर्जना विवाहित जोडीको भूमिकामा रहेको ट्रेलरले खुलाउँछ । त्यस्तै, दिया र जितु पनि जोडीकै भूमिकामा छन् । उनीहरुबीचको घरझगडाले ट्रेलरलाई रोमाञ्चक बनाएको छ ।

ट्रेलरमा एउटा ग्रामिण क्षेत्रमा झाँक्री शक्ति, सामाजिक परम्परा, आर्थिक अभाव समेटिएको छ ।

निर्देशक यम शेर्पाका अनुसार फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको कथा उठान गरेको छ । तर यो कुनै निश्चित भेग वा समुदायसँग सम्बन्धित फिल्म नभएको उनको दाबी छ ।

उनी भन्छन्, ‘यो सबैको साझा कथा हो । कुनै क्षेत्र वा भेगको कथा होइन । यो फिल्मको कथाले सबैलाई आफ्नोपन महसुस गराउने छ ।’

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो फिल्मको निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

हेर्नुहोस् ट्रेलर :

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १० : ०० बजे

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौं– एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर खान्थे,

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र