अन्तर्राष्ट्रिय सम्बन्धसहित ६ वटा समितिको बैठक बस्दै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सम्बन्धसहित ६ वटा समितिको बैठक बस्दै


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ ।

यस्तै, कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : १६ बजे

पोटरी स्क्वायर क्षेत्रमा माटोको भाँडामा पर्यटकको आकर्षण बढ्दै

भक्तपुर– पर्यटकीय नगरी भक्तपुरको प्रसिद्ध दरबार स्क्वायरपछि पोटरी स्क्वायर क्षेत्रमा

मनाइयो ४५ औँ विश्व खाद्य दिवस (तस्बिरहरू)

काठमाडौं– आज नेपाललगायत विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ

मधेसका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ 

महेन्द्रनगर– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले पद तथा

राजेश हमाल होस्ट रहेको रियालिटी शो ‘र’को प्रसारण आजबाट सुरु

काठमाडौं – महानायक राजेश हमाल प्रस्तोता रहेको नेपालको पहिलो कृषि

पर्सा प्रहरीले गर्‍यो ६७ युनिट रगत संकलन

वीरगञ्ज– ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी