मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस « Khabarhub

मधेस प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न  मन्त्रीपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मंगलबार अपराह्न एक बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिए। 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा बैठक बोलाउन माग गर्दे आएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १ : १४ बजे

एउटै क्षेत्रमा १५-२० हेलिकप्टर कसरी उड्छन् ?

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा एकैपटक १५–२० वटा हेलिकप्टर उद्धार तथा

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं– सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त

विष्णु माझीले ल्याइन् तीज गीत

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् ।

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

वालिङ– भोटेकोशी बाढीमा परी घाइते भएकाहरूका लागि स्याङ्जामा रगत सङ्कलन गरिएको

‘मन भक्कानिदा बिलौना गर्ने समय छैन’

यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो