भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक « Khabarhub

भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आकष्मिक रुपमा बोलाइएको यो बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुँदैछ ।

एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । गत पुस ११ गते पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासित गरेयता यो पहिलो बैठक हो । पुस ११ गतेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पुस ११ मा एमालेले संगठित सदस्यबाटै निकालेपछि पूर्वउपाध्यक्ष रावलले बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशसहित ७४ वटा प्रश्न सोधेका थिए । रावल एमाले अन्य नेताप्रति नरम तर ओलीप्रति आक्रमक देखिएका थिए ।

उनले बुधबार नै अध्यक्ष ओलीको जिल्लाबाट ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । रावलले लामो वक्तव्यमार्फत ओलीप्रति कडा आलोचना र प्रश्न गरेका छन् ।

पार्टीको नवौँ महाधिवेशनदेखि सरकार सञ्चालनसम्म ओली हरेक क्रियाकलापको विरोध गरेका रावलले आफ्ना प्रश्नको उत्तर दिन नसके एमाले ०८४ मा पत्तासाफ हुने चेतावनी दिएका थिए ।

एमाले सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ । दुई नेतृको कारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : ४५ बजे

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन

सडकमा सुशासनका निम्ति गोली खाएका कलिला छातिले सोध्लान, महान्यायाधिवक्ता ज्यु, यही हो सुशासनु

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा