भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक « Khabarhub

भीम रावललाई निकालेको सातापछि एमाले सचिवालयको अर्को बैठक


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आकष्मिक रुपमा बोलाइएको यो बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुँदैछ ।

एमालेले आगामी पुस २१ र २२ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको छ । गत पुस ११ गते पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासित गरेयता यो पहिलो बैठक हो । पुस ११ गतेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पुस ११ मा एमालेले संगठित सदस्यबाटै निकालेपछि पूर्वउपाध्यक्ष रावलले बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रोशसहित ७४ वटा प्रश्न सोधेका थिए । रावल एमाले अन्य नेताप्रति नरम तर ओलीप्रति आक्रमक देखिएका थिए ।

उनले बुधबार नै अध्यक्ष ओलीको जिल्लाबाट ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । रावलले लामो वक्तव्यमार्फत ओलीप्रति कडा आलोचना र प्रश्न गरेका छन् ।

पार्टीको नवौँ महाधिवेशनदेखि सरकार सञ्चालनसम्म ओली हरेक क्रियाकलापको विरोध गरेका रावलले आफ्ना प्रश्नको उत्तर दिन नसके एमाले ०८४ मा पत्तासाफ हुने चेतावनी दिएका थिए ।

एमाले सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ । दुई नेतृको कारबाहीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  २ : ४५ बजे

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा–  गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन– हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको जीवन प्यारो

पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान

घोडाघोडी– असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो । रोपिएका धानका बिरुवाले

सरकारका तीन महिना : थोरै प्रसंशा, धेरै चुनौती, चौतर्फी आलोचना

काठमाडौं- गत चैत १३ मा सपथ लिएको सरकारको कार्यकाल तीन

बेथानचोकमा बेलीब्रिज निर्माणले आवागमनमा सहजता

काभ्रेपलाञ्चोक–  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज