सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने | Khabarhub Khabarhub

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जाहेरवालाले पहिलो दिन बहस सके, शुक्रबार पनि जारी रहने


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट सुरु भएको जाहेरीवालाको बयान बिहीबार सकिएको छ ।

बुधबारसम्म यो मुद्दामा थुनछेक बहस भएको थियो । थुनछेक बहस सकिएकाले बिहीबारबाट जाहेरीवालाहरूको बहस सुरू भएको हो । बिहीबार एक दिनमै बहस नसकिएकाले शुक्रबार पनि जारी रहनेछ ।

बिहीबार जाहेरीवालाको तर्फवाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी, डा. सुरेन्द्र भण्डारीसहित अधिवक्ता बेदबहादुर विष्ट, रामचन्द्र गौतम, युवराज पराजुली र हरि कट्टेलले बहस गरेका थिए ।

जिल्ला अदालत कास्कीका अनुसार न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।

बुधबार सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।

सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि बिहीबारबाट जाहेरवालाको तर्फबाट बहस भइरहेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार जाहेरवालाको बहसपछि प्रतिवादीको तर्फबाट बहस हुने र जवाफी बहस भने उच्च सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताले गर्नेछन् ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : २७ बजे

यी हुन् जेन-जी आन्दोलनमा ज्यान गुमाएर शहीदको सूचीमा परेका ४५ जना

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद

दोलखाको यलुङरी हिमालमा हिमपहिरो, तीन जनाको मृत्यु, आठ बेपत्ता

दोलखा– गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका

मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ

अष्ट्रेलियाका जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं– सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद