आज देशभरको मौसम सफा रहने   « Khabarhub

आज देशभरको मौसम सफा रहने  


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया  बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । 

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने  छ । 

त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने  छ ।

शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै  स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : १३ बजे

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको