धुलिखेल खानेपानी आयोजना पुनःनिर्माणमा जर्मनीको सहयोग « Khabarhub

धुलिखेल खानेपानी आयोजना पुनःनिर्माणमा जर्मनीको सहयोग


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलान्चोक– गत असोज दोस्रो साताको बाढी पहिराले क्षतिग्रस्त काभ्रेपलान्चोकको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजनालाई जर्मन सरकारले एक लाख युरो सहयोग गर्ने भएको छ । यसका लागि धुलिखेल नगरले गत कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनः निर्माणका लागि प्रस्ताव गरेको थियो ।

प्रस्तावित विषयमा जर्मन सहयोग नियोग (जिआइजेड)मार्फत नेपालस्थित दूतावासले एक करोड ४२ लाख २५ हजार रकम सहयोग गर्न नगर प्रमुख अशोक ब्याञ्जू र जिआइजेडका तर्फबाट तीर्थ सिन्हाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार केही दिनमै धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग रकम प्रदान गरिने नगरप्रमुख ब्याञ्जूले जानकारी दिए।  

उहाँका अनुसार उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनः निर्माण गरिनेछ । बाढी पहिराले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको वडा नं ३, ४, ५, ६ र ८ का उपभोक्ता तथा सदरमुकामस्थित सरकारी कार्यालयमा हालसम्म खानेपानी आपूर्तिमा समस्या रहेको छ । 

यसबीचमा क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको आंशिक पुनः निर्माणपछि नगरमा पानी वितरण भएको छ । गत दुई हप्तामा अस्थायी रूपमा क्षतिग्रस्त मुख्य स्थानमा पाइप जडान गरिएपछि धुलिखेलका उपभोक्ताको घरमा पानी वितरण थालिएको समितिले जनाएको हो । बाढीपहिरोले तीन दशकअघि देखि सञ्चालनमा रहेको उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो । 

विशेषगरी आयोजनाको मुहान क्षेत्र पनौती नगरपालिका–१२ स्थित पालपाले गाउँका विभिन्न स्थानमा करिब दुई किलोमिटर मुख्य पाइपमा क्षति पुगेको थियो । सोही वडाको सप्तकन्याबाट ल्याइएको खानेपानी तीन हजार दुई सय घरमा पुर्‍याइएको थियो । समितिका अध्यक्ष कृष्णभूषण श्रेष्ठले तत्काल अस्थायी रूपमा आयोजना मर्मत गर्न हालसम्म १९ लाख ७९ हजार खर्च गरिएको बताए। 

आयोजनाको स्थायी पुनः निर्माणका लागि करिब रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : २९ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग