प्रचण्डको आरोप : ‘ठूला मिडिया’का मालिकहरू योजना बनाएरै बदनाम गर्न लागेका छन् « Khabarhub

प्रचण्डको आरोप : ‘ठूला मिडिया’का मालिकहरू योजना बनाएरै बदनाम गर्न लागेका छन्


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला सञ्चारमामध्यमका मालिकहरू योजना नै बनाएर अरुलाई बदनाम गर्न लागिरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले शुक्रबार यस्तो बताएका हुन् । उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने पनि बताए ।

पत्रकारितामा पनि एकनासको अवस्था नरहेको उल्लेख गर्दै उनले ठूला सञ्चारमाध्मका मालिकहरूले योजनावद्ध रुपमा बदनाम गर्न लागेको आरोप लगाएका हुन् ।

‘श्रमिक पत्रकारका समस्या एकातिर छ भने अर्कोतिर ठूला मिडिया साउहरूले कसलाई बदनाम गर्नुछ, योजना नै बनाएर उद्देश्यमूलक ‘मेनोबोरिङ’ गर्ने गरेका छन्’, उनले भने, ‘यस्ता बदनियतपूर्ण प्रचारले पत्रकारितालाई बलियो नबनाउने भएकाले पत्रकार महासंघले यस्ता प्रवृत्तिविरुद्ध खबरदारी गर्नुपर्छ ।’

उनले जहाँ भ्रष्टाचार भएको छ भन्ने जनताले आशंका गरेका छन्, सदनमा गम्भीर प्रश्न उठेका छन्, त्यहाँ राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गरे ।

‘म यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार छु । मैले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि लिएको संकल्पमा अहिले पनि दृढ छु, यसमा पत्रकारिता क्षेत्रको पनि साथ सहयोग चाहिएको छ’, उनले भने ।

नेपालमा राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले स्पष्ट पारे । अहिलेको चुनौती सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने उनको सुझाव थियो ।

‘हिजोदेखि आजसम्म नेपाली पत्रकारिता क्षेत्रले सकारात्मक सूचना प्रवाहमा भूमिका निर्वाह गरेको छ, यो स्मरणीय छ । हिजो युद्ध, शान्ति र संविधान निर्माणको प्रक्रियामा यस क्षेत्रले खेलेको भूमिका अवस्मरणीय ठान्छु’, उनले भने, ‘यो इतिहासमा राम्रैसँग दर्ज पनि भएको छ ।’

अहिलेको युग सूचनाको युग भएको उल्लेख गर्दै उनले डिजिटलाइजेसनले यो क्षेत्रमा धेरै अवसर र चुनौती ल्याएको बताए।

उनले विश्वव्यापी रुपमा गलत र भ्रामक सूचनाको सञ्जाल विस्तार भइरहेको बेलामा यसले सिर्जना गर्ने चुनौती सामना गर्ने दायित्व पत्रकार महासंघको काँधमा पनि रहेको बताए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : २४ बजे

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल 

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो