एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण  « Khabarhub

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण 


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक लोकार्पण भएको छ ।  आज काठमाडौंमा औपचारिक कार्यक्रम गरेर पोखरेलको किताब लोकार्पण भएको हो । 

राजनीतिज्ञ पोख्रेलको पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली,लेखक बिन्दु शर्मालगायतले पुस्तक लोकार्पण गरे । 

भण्डारीलाई प्रमुख अतिथि बनाएर पुस्तक लोकार्पण गरेका पोखरेलले यस अगाडि पनि विभिन्न पुस्तकहरू लेखेका छन् । 

०६३ सालमा पूर्वको रातो तारा, ०७२ मा राष्ट्रिय सुरक्षा र नेपाली सेनालगायत पुस्तक  बजारमा ल्याएका छन् । उनी २०१० चैत २५ गते ओखलढुङ्गाको मान्खा गाउँमा जन्मिएका हुन् । 

उनले यो पुस्तकमा ‘आमा, सपना र ताराहरू’को विषयमा लेखेका छन् । आमाको महिमा, आमाका सपना र आमाले भोगेका अनेक दुखको विषयमा पुस्तकमा लेखिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु