नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव | Khabarhub Khabarhub

नेकपाले देशको नेतृत्व गर्न चाहेको छ : विप्लव


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्न नेकपाले चाहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले आफ्नो सेवा सुविधाका लागि नभई देश र जनताको सेवाका लागि नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् ।

उनले मुलुकको विकास र नेपाललाई हेप्ने विदेशी शक्तिका विरुद्ध सशक्त भएर उभिने स्पष्ट दृष्टिकोण नेकपामा रहेको जिकिर गरे ।

क्रान्तिकारीबीच सुरु भएको ध्रुवीकरणको क्रम अब नरोकिने भन्दै देशको नेतृत्वमा पुग्ने गरी सबैबिच ध्रुवीकरण हुने उनले बताए । विप्लवले दलालहरूको व्यवस्थालाई बदल्न जरुरी रहेकाले सबै माओवादी घटकहरू तयार हुनुपर्ने उनको भनाइ छ । उनले समान विचारधाराबीच एकता र सहकार्य गर्दै देशलाई संकटबाट रूपान्तरणतर्फ लैजाने बताए ।

उनले ठूला भनिएका दलहरूभित्रको ध्रुवीकरण पनि जनताले हेरिरहेको भएपनि उनीहरूको क्रियाकलापले जनता सन्तुष्ट नरहेको धारणा राखे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, विद्रोहीबीच एकता घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : २८ बजे

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य