सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने « Khabarhub

सिरियाले दमास्कसबाट अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाले दमास्कसस्थित देशको मुख्य विमानस्थलमा आगामी हप्तादेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्ने जनाएको छ ।

सिरियाका राष्ट्रपति बसर अल असदलाई गत महिना पदच्युत गरिएको र तत्कालीन सरकार र विद्रोहीबिचको द्वन्द्वका कारण अवरुद्ध उडान सेना सुचारु गरिएको हो ।

‘मगलबारदेखि दमास्कस विमानस्थलमा अन्तर्राष्ट्रिय विमानको उडान र अवतरण गर्न सुरु गर्नेछौँ,’ नागरिक उड्डयन र हवाई यातायातको सामान्य प्राधिकरणका प्रमुख अशद अल–सालिबीलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सानाले उल्लेख गरेको छ ।

‘हामी अरब र अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आश्वस्त पार्छौँ कि हामीले हाम्रा साझेदारहरूको सहयोगमा अलेप्पो र दमास्कस विमानस्थलहरूको पुनर्स्थापनाको चरण सुरु गरेका छौँ, ताकि उनीहरूले विश्वभरका उडानहरूलाई स्वागत गर्न सकून्,’ उनले भने। 

अन्तर्राष्ट्रिय सहायता विमान र विदेशी कूटनीतिक प्रतिनिधिमण्डल सिरियामा अवतरण गरिसकेका छन् । आन्तरिक उडान पनि सुचारु भएको छ ।

बिहीबार कतार एयरवेजले करिब १३ वर्षपछि सिरियाली राजधानी दमास्कसमा उडान सुरु गर्ने घोषणा गरेको थियो ।

कतारका एक अधिकारीले गत महिना एएफपीलाई बताएअनुसार दोहाले नयाँ सिरियाली अधिकारीलाई दमास्कस विमानस्थलमा उडान सुचारु गर्न सहयोगको प्रस्ताव गरेको थियो ।

गत डिसेम्बर ८ मा इस्लामिक नेतृत्वको विद्रोहीले असदलाई सत्ताच्यूत गरेपछि शनिबार पहिलो उडान दमास्कस विमानस्थलबाट उत्तरी प्रान्त अलेप्पोका लागि उडेको एएफपीका पत्रकारहरूले जनाएका छन् ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ०८ बजे

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले