बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका « Khabarhub

बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले बाँझोपन भएका पशुको पहिचान गरी उपचार गर्ने उद्देश्यले निःशुल्क शिविर सञ्चालन गरेको छ ।

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको सहयोगमा नगरपालिकाको पशु सेवा शाखाले ‘गाईभैँसीमा हुने बाँझोपन पहिचान र उपचार’ शिविर सञ्चालनमा ल्याएको हो ।

नगरप्रमुख राजन श्रेष्ठले प्रविधिमार्फत भिडियो एक्सरेको सहयोगमा चिकित्सकले समस्याको पहिचान गर्ने र निवारणका लागि औषधिसहितको परामर्श सेवा उपलब्ध दिने जानकारी दिए। उनका अनुसार गाईभैँसीमा हुने बाँझोपनको पहिचान गरी समस्या समाधान गर्न परीक्षण थालिएको हो ।

हालसम्म आठ वटा वडामा १८ किसानले पालेका २१ गाई र तीन वटा भैँसीमा समस्याको पहिचान भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए। 

नगरप्रमुख श्रेष्ठले शिविरमार्फत किसानलाई आफूले पालन गरेको पशुचौपायको नियमित जाँच तथा परीक्षण गर्न र आवश्यकताअनुसार खाद्यतत्व उपलब्ध गराउन सजग गराइएको बताए ।

बाँझोपन समस्या पहिचान गरी निवारणका लागि सञ्चालन गरिएको शिविरमार्फत समस्या पहिचान भएका पशुमा खाद्यत्वको सन्तुलन नहुँदा बाँझोपनको समस्या देखिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक डा. शत्रुधन शाहले जानकारी दिए। किसानले उन्नत जातका पशु पालन गरे पनि सोहीअनुसार वासस्थान र खानपान मिलाउन नसकेकाले समस्या आएको उनले बताए। 

पशु चिकित्सक र प्राविधिकको टोलीद्वारा विदुरका किसानले पालन गरेका गाईभैँसीको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मार्फत पाठेघर र डिम्बको अवस्था परीक्षण गरी समस्या पहिचान गरिएको विदुर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा सुजता अधिकारीले जानकारी दिए ।

उनका अनुसार पशुलाई बाँझोपन हुनबाट जोगाउन पशु प्राविधिकको सल्लाहमा जुका र नाम्लेको औषधि खुवाउन, खनिज, प्रोटिनलगायत पौष्टिक तत्व पाइने घाँसपातसहितको खुराक खुवाउन किसानलाई सुझाव दिइएको छ । 

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ३७ बजे

शुक्लाफाँटाका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा वृद्धि

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

वीरगञ्ज– पर्साको पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक आयबाट तीन

एसियाली बाढी विपत् : सैन्य सहयोग तीव्र, मृतक कूल एक हजार नजिक

एजेन्सी– श्रीलंका र इन्डोनेसियाले हालैका दिनहरूमा एसियाका चार देशमा आएको

एड्ससँगै यौन रोगको समस्या बढ्न थाल्यो

चितवन– जिल्लामा भएका एचआईभी एड्सका सङ्क्रमितमध्ये यौन रोग सङ्क्रमितको सङ्ख्या

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

राँझा– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चार लेन