जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि « Khabarhub

जनकपुरमा अन्तर्राष्ट्रियस्तरको बसपार्क आवश्यक छ : विमलेन्द्र निधि


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माण जरुरी रहेको बताएका छन् । 

आज माँ जानकी यातायात प्रालिको छैटौँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा उनले जनकपुरधाम महत्त्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र भए पनि व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रियस्तरको बसपार्कको आवश्यकता औँल्याएका हुन् ।

पूर्वउपप्रधानमन्त्री निधिले देशको सबैभन्दा ठूलो रोजगारदाता क्षेत्रका रूपमा रहेको यातायात क्षेत्र र कार्यरत मजदुरको अधिकार संरक्षणका लागि आफ्नो निरन्तर सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे। 

विगतमा आफू भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका रूपमा यातायात व्यवस्थापनलाई आधुनिक, व्यवस्थित र सर्वसुलभ बनाउनका लागि भएका सुधारका निर्णयहरूले आजको यातायात प्रणालीलाई सबल बनाएको उल्लेख गरे। 

यातायात प्रा.लिका अध्यक्ष मनोजकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ४२ बजे

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौं– सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि

बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको मृत्यु

बैतडी– जिल्लाको सुर्नया गाउँपालिका–५ कठेगौँडमा गए राति मिनी ट्रक दुर्घटना

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि