म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने « Khabarhub

म्यान्माको सैनिक सरकारद्वारा छ हजार कैदीलाई आममाफी दिने


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

म्यान्मा – म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफी अन्तर्गत करिब छ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ । म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’ पछि सेनाले हजारौं प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरिसकेको छ ।

म्यान्मा ७७ वर्ष पहिले बेलायती औपनिवेशिक शासनबाट जनवरी ४ मा स्वतन्त्र भएको थियो । स्वतन्त्रता दिवसको अवसरमा शनिबार एक विज्ञप्ति जारी गर्दै १८० विदेशीसहित पाँच हजार ८०० भन्दा बढी कैदीलाई रिहा गरिने जुन्टा सरकारले जनाएको छ ।

आममाफीमा सामेल भएकामध्ये करिब ६०० जनालाई दण्ड संहिताको धारा ५०५ (ए) अन्तर्गत सजाय सुनाइएको जुन्टाका प्रवक्ता जाउ मिन तुनले सञ्चारमाध्यमलाई दिएको अडियो वक्तव्यमा उल्लेख छ । कानुनले सेनालाई कमजोर पार्ने कुनै पनि कार्यलाई निषेध गरेको छ र बढीमा तीन वर्षको जेल सजायको व्यवस्था गरेको छ।

माफी दिइएका विदेशीमध्ये अधिकांश थाइल्याण्डका नागरिक रहेको र उनीहरुलाई सीमामा रहेको क्यासिनोमा पक्राउ गरिएको उनले बताए । सेनाले मानवीय र अनुकम्पाको आधारमा माफीको आदेश दिएको जनाएको छ । जुन्टाले आजीवन कारावासको सजाय सुनाइएका १४४ जनाको सजाय घटाएर १५ वर्षमा झार्ने पनि घोषणा गरेको छ ।

म्यान्माले कैदीहरूलाई बिदा वा बौद्ध चाडहरूको उपलक्ष्यमा आममाफी दिने गरेको छ।गत वर्ष जुन्टा सरकारले स्वतन्त्रता दिवसको अवसर पारेर नौ हजारभन्दा बढी कैदीलाई रिहा गर्ने घोषणा गरेको थियो ।

राजधानी न्यापितमा शनिबार आयोजित वार्षिक स्वतन्त्रता दिवस समारोहमा करिब ५०० सरकारी तथा सैन्य उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित नभएका जुन्ता प्रमुख मिन आङ ह्लाइङले दिएको सम्बोधनलाई उपसेना प्रमुख सोइ विनले सम्बोधन गरेका थिए ।

सोइ विनले विगत चार वर्षदेखि हतियार त्याग्न र ‘शान्तिपूर्ण तरिकाले राजनीतिक मुद्दाको समाधान गर्न’ दर्जनौं जातीय अल्पसङ्ख्यक सशस्त्र समूहलाई जुन्टाले गरेको आह्वानलाई दोहोर्‍याए । उनले ढिला गरी लोकतान्त्रिक निर्वाचन गराउने सैन्य प्रतिबद्धता दोहो-याए र राष्ट्रिय एकताका लागि आह्वान गरे ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : ४३ बजे

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी