एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए « Khabarhub

एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा आउनेहरू लाभ लिएर जानु अनौठो नभएको बताएका छन् ।

पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेको सन्दर्भमा बास्कोटाले व्यक्तिगत स्वार्थपूर्ति र पदीय महत्वाकांक्षा हुनेले संकटमा त्याग र संघर्ष गर्न नसक्ने बास्कोटाले बताएका हुन् ।

२०८० वैशाख १० गतेको उपनिर्वाचनमा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उठेर तेस्रो भएका खनाल पछिल्लो समय निष्क्रिय थिए ।

उनले आइतबार एमाले छोडेको घोषणा गरेपछि बास्कोटाले जवाफमा खाएको थालमा चुठ्नु उचित नहुने बताए ।

‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरू आए, सकेजति लाभ लिएर गए’, उनले भनेका छन्, ‘हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात हो।

यसअघि आइतबार बिहान खनालले आफ्नो राजनीति स्थितिबाट अन्योलमा पर्नेहरूलाई आफू एमालेमा नरहेको जानकारी गराएको घोषणा खनालले फेसबुकमार्फत् गरेका थिए ।

‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन’, उनले भनेका थिए, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाजको हितका लागि आफ्नो समय, परिस्थिति अनुकूल सधैँ सक्दो कार्य गरिरहने छु ।’

खनाल नेपाल प्रहरीबाट अवकाशमा गएपछि २०७८ कात्तिकमा राजनीतिमा लागेका थिए । उनलाई तनहुँकै एमाले नेता किरण गुरुङसहितले प्रवेश गराएका थिए ।

उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ४९ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान