एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए « Khabarhub

एमाले छाडेका सर्वेन्द्रबारे गोकुल बास्कोटा- आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले स्वार्थपूर्तिका लागि पार्टीमा आउनेहरू लाभ लिएर जानु अनौठो नभएको बताएका छन् ।

पूर्वआईजीपी सर्वेन्द्र खनालले एमाले छाडेको घोषणा गरेको सन्दर्भमा बास्कोटाले व्यक्तिगत स्वार्थपूर्ति र पदीय महत्वाकांक्षा हुनेले संकटमा त्याग र संघर्ष गर्न नसक्ने बास्कोटाले बताएका हुन् ।

२०८० वैशाख १० गतेको उपनिर्वाचनमा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ मा उठेर तेस्रो भएका खनाल पछिल्लो समय निष्क्रिय थिए ।

उनले आइतबार एमाले छोडेको घोषणा गरेपछि बास्कोटाले जवाफमा खाएको थालमा चुठ्नु उचित नहुने बताए ।

‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरू आए, सकेजति लाभ लिएर गए’, उनले भनेका छन्, ‘हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात हो।

यसअघि आइतबार बिहान खनालले आफ्नो राजनीति स्थितिबाट अन्योलमा पर्नेहरूलाई आफू एमालेमा नरहेको जानकारी गराएको घोषणा खनालले फेसबुकमार्फत् गरेका थिए ।

‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन’, उनले भनेका थिए, ‘म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। म देश र समाजको हितका लागि आफ्नो समय, परिस्थिति अनुकूल सधैँ सक्दो कार्य गरिरहने छु ।’

खनाल नेपाल प्रहरीबाट अवकाशमा गएपछि २०७८ कात्तिकमा राजनीतिमा लागेका थिए । उनलाई तनहुँकै एमाले नेता किरण गुरुङसहितले प्रवेश गराएका थिए ।

उनका अनुसार ९ कात्तिकको पालिका अधिवेशनपछि खनाललाई स्वागत गरिनेछ । ९ कात्तिकमा एमालेले ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ११ : ४९ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा