यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आइतबारदेखि च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा नयाँ राजनीतिक कोर्स, एमाले र नेपाली काग्रेस गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धन सरकारपछिका ६ महिनाबारे समीक्षा गरिएको छ।

त्यसैगरी राजनीतिक अस्थिरता, अराजकता, प्रयोजित निराशाका प्रयास, बदलिँदो विश्व परिवेश र नेपालको पराराष्ट्र नीति, उपनिर्वाचनको समीक्षा र निर्णायक राष्ट्रिय शक्तिको निर्माण आदि विषयवस्तु प्रतिवेदनमा समेटिएका छन्।

ओलीले प्रतिवेदनमा नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्वको सन्देश मिलेको निष्कर्ष निकालेका छन् ।

त्यसैगरी साझा नीतिगत प्रतिबद्धता र सङ्कल्प जारी भएको, सरकार सञ्चालनमा सहजीकरणका लागि आवश्यक संरचना बनाइएको, अर्थतन्त्रमा सुधार भएको, सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित भएको, राष्ट्रिय हितको रक्षा र सन्तुलित बाह्य सम्बन्ध कायम गरिएको जिकिर पनि ओलीले प्रतिवेदनमा गरेका छन् ।

प्रतिवेदनमा सहकारी क्षेत्रको बेथितिमाथि हस्तक्षेप गरी बचतकर्तालाई न्याय तथा अनियमिततामा संलग्नलाई सजाय दिन थालिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले १० महिनापछि बसेको केन्द्रीय कमिटी बैठकमा विकास निर्माणले गति लिएको कुरालाई पनि मुख्य उपलब्धिका रुपमा प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  २ : २६ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक