‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति « Khabarhub

‘बलिदान’को छायाङ्कन गर्न सन्तोष सेनले बनाए कालीमाताको ४२ फिट अग्लो मूर्ति


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन्तोष सेनको निर्देशन रहने फिल्म ‘बलिदान’को छायाङ्कनका लागि कालीमाताको ४२ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

निर्देशक सेनका अनुसार नेपालमा खोजी गर्दा छायाङ्कनका लागि उपयुक्त मूर्ति नभेटिएपिछ निर्माण गरिएको हो । यो मूर्ति भारतको कोलकत्तामा कर्मथलो भएका नेपाली मूर्तिकारले स्वदेशमै तयार गरेका हुन् ।

‘फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गरेका हौँ,’ सेनले बताए ।

फिल्म छायाङ्कनका लागि यो मूर्ति मोरङको सिमसारस्थित बूढासुब्बा मैदानमा राखिएको छ । पछिल्लो समय यो मैदान ‘काली चौर’ नामले समेत परिचित छ ।

यससँगै यो फिल्मको छायाङ्कन अन्तिम चरणमा पुगेको छ । केही एक्सन दृश्य मात्रै खिचेपछि सम्पूर्ण छायाङ्कन पूरा हुने सेन बताउँछन् ।

उनी थप्छन्, ‘एक्सनलाई स्तरीय बनाउन भारतीय प्राविधक ल्याएर छायाङ्कन भइरहेको छ ।’

छायाङ्कन सकिएपछि टिजरसहित चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा सेन रहेका छन् ।

‘बलिदान’को कथा अन्याय र समाजका तथाकथित नाइकेहरु विरुद्धको सङ्घर्षमा आधारित रहेको निर्माण पक्षले बताएको छ । ‘आसुसेन फिल्म्स प्राली.’ को प्रस्तुति रहेको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन् ।

फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्यदेव, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ४ : २२ बजे

चितवन–३ मा सोविताको फराकिलो अग्रता, १३ हजार बढी मतले पछि परिन् रेनु

काठमाडौं – चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र

प्युठानमा कांग्रेसको अग्रता, पछि परे रास्वपाका सुसान्त वैदिक

काठमाडौं – प्युठानमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार

बाजुरामा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपाका हेमराज चौथो स्थानमा

काठमाडौं – बाजुरामा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतगणना सार्वजनिक भएको

पाँचथरमा श्रम संस्कृति पार्टीका हस्तराज शर्माको अग्रता, पछ्याउँदै नेकपा

काठमाडौं – पाँचथरमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका

इस्मा गणनापछि गोकर्णले घटाए मतान्तर, गुल्मी–२ मा पन्थी अझै अगाडि

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २