तनहुँमा ११ जनामा डेंगुको संक्रमण | Khabarhub Khabarhub

तनहुँमा ११ जनामा डेंगुको संक्रमण


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँ जिल्लामा डेङ्गुका बिरामी बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार जिल्लाका ११ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत एवं महामारी रोग नियन्त्रणसम्बन्धी फोकल पर्सन ऐश्वर्यचन्द्र भट्टराईका अनुसार बिहीबार मात्रै व्यास नगरपालिकाका दुई जनामा डेङ्गुको सङ्क्रमण देखा परेको छ । यसअघि बुधबार आँबुखैरेनीका दुई जनामा डेङ्गु देखिएको थियो ।

डेङ्गुका बिरामीको दमौली र पोखरामा उपचार भइरहेको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भीमाद नगरपालिकाका व्यक्तिलाई डेङ्गुको सङ्क्रमण देखा परेको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य अधिकृत भट्टराईले टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनुजस्ता लक्षण देखा परे नजिकको स्वास्थ्य कार्यालयमा परीक्षणका लागि जान अनुरोध गरेका छन् ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालयमा आज बसेको बैठकले डेङ्गु रोगसम्बन्धी सचेतनाका लागि आइतबार सरोकारवालासहितको अभिमुखीकरण गर्ने निर्णय गरेको छ । जिल्लास्थित विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराएर डेङ्गु रोगसम्बन्धी सचेतना प्रदान गरिने भट्टराईले जानकारी दिए ।

एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् । चिकित्सकका अनुसार डेङ्गुबाट बच्नको लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ३३ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

भीमफेदी – मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित सङ्घर्ष समितिले बुझायो ज्ञापनपत्र

सप्तरी – सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको

पोखरीमा डुबेर बारामा सात वर्षीय बालकको मृत्यु

बारा – बाराको कलैया उपमहानगरपालिका– ३ गङ्गापुरमा आज दिउँसो पोखरीमा

वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन

कञ्चनपुर – नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको