सहकारी प्रकरणमा रास्वपालाई ओलीको जवाफ- सडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन « Khabarhub

सहकारी प्रकरणमा रास्वपालाई ओलीको जवाफ- सडकमा उफ्रिँदैमा अदालतले उन्मुक्ति दिँदैन


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा कसैसँग प्रतिशोधन नसाँधिएको बताएका छन् ।

आइतबारदेखि सुरु केन्द्रीय कमिटीको आठौं बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भनेर गरिएको प्रचारको खण्डन गरेका हुन् ।

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा कसैसँग प्रतिशोधन नसाँधिएको बताएका छन् ।

‘नागरिकहरूको बचत हिनामिना गर्ने कसैलाई पनि छुट दिनु हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौं। जोसुकै होस्, दोषीले उन्मुक्ति पाउनु हुँदैन। कतिपय पार्टी या व्यक्तिहरूले चालु अनुसन्धान र अभियोजनलाई राजनीतिकरण गर्ने एवं आफूहरूप्रतिको पूर्वाग्रह या प्रतिशोध करार गर्ने कोशिस गरिरहेका छन्’, उनले प्रतिवेदनमा भनेका छन्, ‘तर यस प्रक्रियामा सत्तारुढ पार्टीहरू सम्बद्ध कतिपय व्यक्तिसमेत अनुसन्धानमा तानिएको, थुनामा परेको या मुद्दा खेपिरहेका घटनाक्रमले त्यस्तो आरोपलाई मिथ्या प्रमाणित गरिसकेको छ।’

ओलीले गल्ती नगरेको भए न्यायिक प्रक्रियाबाट कोही पनि डराउन नहुने पनि बताएका छन् । ‘आफूले गल्ती गरिएको छैन भने कोही पनि न्यायिक प्रक्रियाबाट तर्सिनु पर्दैन’, उनले भनेका छन्, ‘गल्ती गरेको भए सडक अदालतले उन्मुक्ति दिन सक्दैन भन्ने कुरा सबैले बुझ्नु पर्छ ।’

सहकारी बेथितिमा चार उपाय

सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्ने मत ओ‌लीले राखेका छन् । ‘अनियमिततामा संलग्नहरूलाई बिनामोलाहिजा कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ता गराउने, सहकारी क्षेत्रको प्रभावकारी नियमन गर्न अधिकारसम्पन्न प्राधीकरण गठन गर्ने र भविष्यमा बचतकर्ताको रकम संरक्षणका लागि संरक्षण कोष निर्माण गर्ने’, ओलीले सम्भावित ठगी रोक्ने उपायसहित भनेका छन् ।

नागरिकहरूले गाँस काटेर जम्मा गरेको, कतिपय कर्मचारीले आफ्नो जीवनभरको कमाइसमेत राखेको बचत हिनामिना गर्ने र संसदीय छानबिन समितिले किटान गरेका विभिन्न ५ सय भन्दा बढी व्यक्तिहरू थुनामा रहेका उनले बताएका छन् । ‌ओलीका अनुसार हजारभन्दा बढीविरुद्ध मुद्दा चलेको छ।

उनका अनुसार हालसम्म सरकारले समस्याग्रस्त घोषणा गरेका २२ वटा सहकारीहरू (६९ हजार बचतकर्तामध्येबाट ३ वटा सहकारीका ६ हजार जति बचतकर्ताहरूको पूर्ण (करिब १ अर्ब ५५ करोड रुपैयाँ) फिर्ता गरी हिसाबकिताब राफसाफ गरिएको छ । अन्य सहकारीका करिब ८ हजार बचतकर्ताहरूको ७० प्रतिशत र २ हजार जतिको ५० प्रतिशत बचत फिर्ता भएको उनले बताएका छन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ३ : २४ बजे

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको

भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना