‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म « Khabarhub

‘पुष्पा–२’को आक्रमक व्यापार : बन्यो सबैभन्दा बढी कमाउने भारतीय फिल्म


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तेलगु नायक अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा–२’ले भारतीयक बक्स अफिसमा कीर्तिमान राख्ने क्रम जारी छ ।

प्रदर्शनको तेस्रो साता हिन्दी भाषामा मात्रै यस फिल्मले ७२४ करोड भारु व्यापार गरेर कीर्तिमान राखेको थियो । यसअघि कुनै पनि भारतीय फिल्मले हिन्दी भाषामा मात्रै ७०० करोडको व्यापार गरेका थिएनन् ।

प्रदर्शनको ३१ औं दिनमा अर्थात शनिबारसम्म आइपुग्दा पनि यस फिल्मको व्यावार आक्रमक छ । अहिलेसम्म यस फिल्मले भारतीय बजारमा मात्रै ११९९ करोड भारुको व्यापार गरेको छ । यससँगै ‘पुष्पा–२’ सबैभन्दा सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्म बनेको हो ।

यसअघि सबैभन्दा बढी व्यापार गर्ने भारतीय फिल्मको कीर्तिमान तेलगु स्टार प्रभाष केन्द्रीय भूमिकामा रहेको ‘बहुबली–२’ थियो । यस फिल्मले हिन्दी भाषामा ५१० करोड र भारतमा मात्रै १०३० करोड भारु व्यापार गरेको थियो ।

विश्वबजारमा सबैभन्दा बढी व्यापारको कीर्तिमान भने अझै ‘बहुबली–२’कै छ । यो फिल्मले विश्वव्यापीरुपमा १७८८ करोड व्यापार गरेको थियो ।

बहुबली– २ को विश्वव्यापी रकेर्ड तोड्न पनि पुष्पा–२ एकदमै नजिक छ । पुष्पा–२ले थप ९० करोड ग्रस कलेक्सन गरेको अवस्था बहुबली–२ को रेकर्ड ब्रेक हुन्छ ।

गत डिसेम्बर ५ बाट प्रदर्शनमा आएको पुष्षा २ मा अल्लु अर्जुन र रश्मिका मन्दाना केन्द्रीय भूमिकामा छन् । यस फिल्मको निर्देशक सुकुमार हुन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : १८ बजे

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता

‘प्रदेशमा वाम सहकार्य निश्चित भइसक्यो, पार्टी एकता अहिल्यै सम्भव छैन’

काठमाडौं- देशका विभिन्न प्रदेशबाट आएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का

परराष्ट्रको स्पष्टीकरण : कुमार बेन सुटुक्क भारत गएको कुनै जानकारी छैन

काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेन