राप्रपा संयुक्त बैठकः लोककल्याणकारी अर्थतन्त्रमा जोड « Khabarhub

राप्रपा संयुक्त बैठकः लोककल्याणकारी अर्थतन्त्रमा जोड


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपछि पहिलोपटक बसेको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा व्यक्तिगत सम्पत्तिको सुरक्षासहित उदारवादी आर्थिक नीतिका बारे उल्लेख गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

‘सनातन धर्म सभ्यता, पहिचान तथा संरक्षण यात्रा’ विषय समेटिएको उक्त कार्यपत्रमा मुलुकमा सनातन हिन्दू राष्ट्र कायम गराउन आगामी कात्तिकमा जनकपुरदेखि लुम्बिनीसम्म यात्रा गरी हिन्दू जागरणसम्बन्धी कार्यक्रम गरिने उल्लेख छ । देशमा शान्ति, एकता तथा विकास र समृद्धिका लागि सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाको परिकल्पना कार्यपत्र गरिएको छ ।

नेता ध्रुवबहादुर प्रधानले सचिवालयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीले अहिलेसम्म गरेका राजनीतिक गतिविधिका साथै सङ्गठन सुदृढीकरणका प्रयासबारे जानकारी गराए ।

विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी भएका नेताले राजनीतिक प्रतिवेदनमा छलफलपछि पार्टीको वैचारिक दृष्टिकोणलाई कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गरिने जनाइएको छ । बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ०७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको