राप्रपा संयुक्त बैठकः लोककल्याणकारी अर्थतन्त्रमा जोड « Khabarhub

राप्रपा संयुक्त बैठकः लोककल्याणकारी अर्थतन्त्रमा जोड


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपछि पहिलोपटक बसेको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा व्यक्तिगत सम्पत्तिको सुरक्षासहित उदारवादी आर्थिक नीतिका बारे उल्लेख गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

‘सनातन धर्म सभ्यता, पहिचान तथा संरक्षण यात्रा’ विषय समेटिएको उक्त कार्यपत्रमा मुलुकमा सनातन हिन्दू राष्ट्र कायम गराउन आगामी कात्तिकमा जनकपुरदेखि लुम्बिनीसम्म यात्रा गरी हिन्दू जागरणसम्बन्धी कार्यक्रम गरिने उल्लेख छ । देशमा शान्ति, एकता तथा विकास र समृद्धिका लागि सबै पक्षलाई चित्त बुझ्ने साझा संस्थाको परिकल्पना कार्यपत्र गरिएको छ ।

नेता ध्रुवबहादुर प्रधानले सचिवालयसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीले अहिलेसम्म गरेका राजनीतिक गतिविधिका साथै सङ्गठन सुदृढीकरणका प्रयासबारे जानकारी गराए ।

विभिन्न भूगोल तथा क्षेत्रबाट सहभागी भएका नेताले राजनीतिक प्रतिवेदनमा छलफलपछि पार्टीको वैचारिक दृष्टिकोणलाई कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गरिने जनाइएको छ । बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्ने छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : ०७ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै