पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे « Khabarhub

पठन संस्कृतिले बौद्धिक चेतना, ज्ञान र सूचना प्राप्त हुन्छ : सभामुख घिमिरे


२१ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पठन संस्कृतिले व्यक्तिको चेतना, बौद्धिकता, सूचना र ज्ञानको विकास गर्ने बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र ‘चाइना इन्टरनेसनल बुक ट्रेडिङ’द्वारा भृकुटीमण्डपमा दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी समापन समारोहमा सभामुख घिमिरेले पठन संस्कृतिले ज्ञान आर्जन गर्ने भएकाले पुस्तक प्रदर्शनीमा सहयोग पु¥याउन सरकारलाई सुझाव दिए । उनले भने, “नेपाली समाज पछिल्लो समय पुस्तक पढ्ने संस्कृतिबाट टाढा हुँदै गएको छ, पठन संस्कृति ज्ञान आर्जन गर्ने स्वभाव, व्यवहार, प्रयत्न, संस्कार र संस्कृति हो ।”

पठन संस्कृतिबाट प्राप्त ज्ञानले समाज तथा देश बनाउने र मानव जातिलाई अग्रगतिमा लैजान योगदान पु¥याउने उल्लेख गर्दै सभामुख घिमिरेले नेपाली समाज, संस्कृति र सभ्यता पठनपाठन तथा संस्कृतिबाट अघि बढ्दै आएको सुनाए ।

सभामुख घिमिरेले भने, “राज्यको भूमिका नियन्त्रित छैन, निजी क्षेत्र भूमिअनुसार लगानी गर्दै आफैँ प्रतिस्पर्धामा आउन सक्छ, ज्ञान आर्जन गर्ने मेलामा सुविधा र सहुलियत उपलब्ध गराए सरकार आफैँ बलियो र अर्थतन्त्र सुदृढ हुन्छ ।”

प्रदेशसभा सदस्य रघुनाथ महर्जनले पुस्तक प्रदर्शनीले व्यवसायी, लगानीकर्ता, प्रकाशक र पाठक वर्गका बीचको अन्तरक्रियाबाट भविष्यमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने मार्गनिर्देश गरेको बताए ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १० : २७ बजे

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा