बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाइँदै | Khabarhub Khabarhub

बीपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाइँदै


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाले घण्टाघरचोकसँगै रहेको बीपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजनिक सूचना जारी गरेर उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि तोकेता गर्दा पनि नहटाएपछि आइतबारदेखि डोजर लगाएरस्थान खाली गराउन थालेको हो ।

वीरगञ्ज महानगरपालिका, नगर प्रहरी प्रमुख हरि भुसालले दुई पटकसम्म सार्वजनिक सूचना जारी गराउँदा पनि हटाउन आलटाल गरेपछि डोजर लगाएर करिब ४० अस्थायी घरटहरा खाली गराएको जानकारी दिए ।

महानगरका अनुसार बीपी उद्यानमा अस्थायी घरटहरा, तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा धेरै अस्थायी रुपमा सञ्चालनमा रहेका छन् । नगर प्रहरी प्रमुख भुसालले महानगरले उपयुक्त विकल्प दिएर बीपी उद्यान खाली गर्न लागेको जानकारी दिए ।

‘यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नम्बर १६ नगरवास्थित कृषि बजार राख्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘‘यहाँ पसल गर्नेको ९० प्रतिशतभन्दा धेरै वीरगञ्ज घर भएका छन् । अन्य केही भने भारतीय नागरिकले सञ्चालन गरेका छन् ।’ नगरप्रमुख भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर आकर्षक खालको पार्क बनाउने बताए ।

बीपी उद्यानमा मासु पसल सञ्चालन गर्दै आइरहेका ओकेबहादुर शाहीले महानगरले आफूहरुलाई हटाएर बिचल्ली बनाएको दुखेसो गरे ।

महानगरले यसअघि गत मङ्सिर २६ गते १५ दिने सार्वजनिक सूचना जारी गरेर बीपी उद्यानमा राखिएका तरकारी तथा फलफूल बजार हटाउनका लागि निर्देशन दिएको थियो । सो म्याद पनि यही पुस १० गते सकिएको थियो । तर, सो अवधिमा तरकारी तथा फलफूल व्यापारीले बीपी उद्यानको ठाउँ खाली गर्न अटेरी गरेपछि महानगरले दोस्रो पटक पुस १२ गते सात दिने म्याद राखेर सार्वजनिक सूचना जारी गरेको थियो ।

दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दा पनि खाली नगरेपछि आइतबार एक्साभेटर लगाएर खाली गरेको हो । महानगरले यो ठाउँमा बीपी उद्यानको व्यवस्थित गरेर वीरगञ्ज आउने पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनाउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ३५ बजे

सल्यानमा आमाबाटै दुई छोरीको हत्या, पतिसँग झगडा परेपछि ज्यान लिएको बयान

काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई

पोखराका तालमा ५३ प्रजातिका जलपक्षी

गण्डकी– पोखरा उपत्यकाका रामसार सूचीमा सूचीकृत नौ वटा तालमा गरिएको

‘कार्साङ’को प्रिमियरमा चलचित्रकर्मीको चहलपहल, दयाहाङ देखिएनन् (तस्बिरहरू)

काठमाडौं-आगामी पुस २६ गते रिलिज हुने तय भएको चलचित्र ‘कार्साङ’

मन्त्री पाण्डेसँग बिम्स्टेक महासचिवको भेट, नेपालको पर्यटन क्षेत्रमा विकास गर्ने प्रतिबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेसँग बहुपक्षीय प्राविधिक