रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर | Khabarhub Khabarhub

रुसमा युक्रेनी प्रत्याक्रमण, १५ किलोमिटर भित्रसम्म असर


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

किएभ- रुसको दक्षिणी सीमास्थित र्कस्क क्षेत्रमा युक्रेनले प्रत्याक्रमण सुरु गरेको छ । रुस जे कुराका लागि हकदार भएको त्यो पाउने चेतावनी समेत युक्रेनी अधिकारीले दिएका छन् । युक्रेनी अधिकारी आन्द्रे कालभलेल्कोले युक्रेनले र्कस्क क्षेत्रमा अप्रत्याशित आक्रमण गरेको जानकारी दिएका हुन् ।

युक्रेनी राष्ट्रपति कार्यालयमा आन्द्रे भर्माकले पनि सामाजिक सञ्जालमा यो कुरा उल्लेख गरेका छन् । रुसी समाचार संस्था तासका अनुसार सीमाबाट १५ किलोमिटर भित्रसम्म युक्रेनी आक्रमणको असर परेको छ ।

रुसको उत्तरी भागमा सक्रिय सैन्य शक्तिका अनुसार अहिले त्यहाँ युक्रेनी सैन्य ट्याङ्कको गतिविधि बढिरहेको छ । यसको सामना गर्न रुसका सेना अघि बढिरहेका छन् ।

र्कस्क क्षेत्र दोस्रो युद्ध यता रुसमाथि जमिनी आक्रमण भएको पहिलो स्थान हो । रुस-युक्रेन युद्ध सुरु भएयता अन्य स्थानमा रुसले युक्रेनमाथि लगातार आक्रमण गरिरहेको छ । यस्तो समयमा पनि उक्त क्षेत्रमा युक्रेनी सेनाले रुसी सेनालाई पछि धकेलेको थियो ।

एक अनौपचारिक ब्लगमा उल्लेख भएअनुसार युक्रेनी सेना बर्डिनबाट उत्तरतर्फ गइरहेको छ । अर्को एक ब्लग अनुसार युक्रेनीहरू सुध्जामा पुगेका छन् ।

उनीहरूले प्यारा सुटबाट हाम फालेका छन् । युक्रेनी सेनाले ‘माइन ट्रायकलिङ ’ उपकरणका साथै ट्याङ्क र अन्य सैन्य सवारी सधानको उपयोग गरेको जनाइएको छ ।

अहिले र्कस्कमा ११ हजार उत्तर कोरियाली रहेको जनाइएको छ । साथमा रुसले पनि त्यहाँ युक्रेनी सेनालाई लक्षित गर्दै बमबारी गरेको छ । पूर्वी भागमा भने रुसी सेना डोन्सटकको कुराकोभमा प्रवेश गरेको जनाइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने र्कस्कलाई फेरि कब्जामा लिने बताएका छन् । अहिले युक्रेनले जोखिम लिएर रुसी भूमिमा प्रवेश गर्नुको तात्पर्य निकट भविष्यमा युद्धविरामका लागि हुने वार्तामा आफ्नो हात माथि पार्न भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ११ : ५६ बजे

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक