पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी « Khabarhub

पुष्पा : २ ले तोडयो बलिउडका कयौँ रेकर्ड, आमिर निर्मित दङ्गललाई उछिन्न बाँकी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

मुम्बई- अल्लु अर्जुन अभिनित पुष्पा २ : द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।

अल्लु, रश्मिका मन्डन्ना र फहद फासिल अभिनित फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ । यसले भारतभर १२०० करोड बढी कमाएको छ ।

यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर तहल्का मच्चाएको छ । जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम लेखाउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ ।

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांकअनुसार पुष्पाः २ ले ५ औँ आइतबार अर्थात ३२ औँ दिनमा मात्रै ७ करोडको कमाइ गरेको छ ।

त्यसपछि भारतमा पुष्पाः २ को अंक १२०६ करोड पुगेको छ । जसमा फिल्मले तेलुगुमा ३३४.७६ करोड, हिन्दीमा ८०६ करोड, तमिलमा ५८.१६ करोड, कन्नडमा ७.७३ करोड र मलयालममा १४.१५ करोड कमाएको छ । जहाँ विश्वव्यापी संख्या १८२५ करोडमा बढ्दै गएको देखिन्छ ।

पुष्पाः २ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको ताज जितेको छ ।

विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको फिल्म आमिर खानको दंगलको रेकर्ड तोड्न २०० करोडले पछाडि छ ।

दिनहरू बित्दै गएको बेला पुष्पाः २ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन तयार छ। फिल्म फेब्रुअरीसम्म ओटीटीमा रिलिज हुने पनि निर्माताले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  २ : ४० बजे

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

ट्रम्पको चेतावनी बेवास्ता गर्दै इरान अडानमै, सैन्य कारबाही जारी

तेहरान– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नागरिक पूर्वाधार ध्वस्त पार्ने

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख