बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु « Khabarhub

बिजापुरमा माओवादीको आक्रमणबाट नौ जना सुरक्षाकर्मीको मृत्यु


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको छत्तिसगढ राज्यमा पर्ने बिजापुरमा विद्रोही माओवादीको आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

बिजापुरको कुटरू बेन्द्रे मार्गमा माओवादीले आक्रमण गर्दा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । 

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरको स्पेशल टास्क फोर्स र सीआरपीएफका जवानको टोली माओवादी अपरेशनबाट फर्किने क्रममा आक्रमण भएको बताएका छन् । 

उनका अनुसार आक्रमण विस्फोटका माध्यमबाट गरिएको थियो । 

विस्फोटमा परी  डिस्ट्रिक्ट रिजर्भ गार्डका ८ जवान र एक वाहन चालकको मृत्यु भएको बताइएको छ । -बीबीसी

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ४ : ३४ बजे

स्वास्थ्य बीमा संकट : टिचिङले सेवा रोक्दा वीरमा बिरामीको चाप

नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्‍याउने प्रभावकारी कार्यक्रमका रूपमा लिइएको स्वास्थ्य

म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जा र अन्नपूर्ण गाउँपालिका– ६

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह