एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ? « Khabarhub

एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ?

कांग्रेसले बालकृष्ण छुटाउँदा एमालेले टोपबहादुरको बेवास्ता गरेको गुनासो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा रहेका निलम्बित सचिव टोपबहादुर रायमाझीबारे प्रश्न उठेको छ ।

पूर्वमाओवादी पृष्ठभूमिका केही नेताले पार्टीमा उचित जिम्मेवारी नपाएको कुरा पनि उठाएका छन् । सोमबार च्यासलमा बसेको दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्य परशुराम अधिकारीले पूर्वमाओवादी धारका नेताहरूलाई उपेक्षा गरिएको कुरा नेतृत्वसामु उठाए ।

उनले माओवादीबाट एमालेमा आएका नेताहरूलाई अन्यायमा पारिएको गुनासो गरे । पार्टी कमिटीका आकार पनि सानो हुन थालेको बताउँदै त्यो पनि गुटगत हुँदा समस्या भएको गुनासो राखेका हुन् ।

‘अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतर पनि गुट छन् । माओवादी छाडेर एमालेमा आएकाहरूको कुनै गुटमा छैन,’ अधिकारीले आफ्नो समयमा भने, ‘माओ‌वादीबाट आएकाहरूले जिम्मेवारी पनि पाएनन्। त्यहीकारण कतिपय साथीहरू पूरानै घरतिर जान थाल्नुभएको छ ।’

आफ्ना कुरा राख्ने क्रममा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरण पनि प्रवेश गराए । नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सचिव रायमाझी २ वर्षदेखि जेलमा छन् ।

तर उक्त प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण केही समय जेल बसेर रिहा भइसकेका छन् ।

यसबारे पनि प्रश्न उठाएका अधिकारीले कांग्रेसले नेता खाणलाई छुटाउन सक्दा एमालेले रायमाझीलाई किन नछुटाउएको भनेर पनि नेतृत्वलाई सोधेका छन् ।

‘कांग्रेसले बालकृष्ण खाणलाई छुटायो, एमालेले टोपबहादुर रायमाझीलाई छुटाउन सकेन भनेर माओवादीले साथीहरूलाई उतै फर्काइ रहेको छ,’ अधिकारीले बैठकमा अगाडि भने, ‘रायमाझी दोषी भए जेलमै रहुन्, निर्दोष भए छुटाउनुपर्‍यो। यस प्रकरणको सत्यतथ्य कुरा बाहिर आउनुपर्छ ।’

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : २४ बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको