एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ? | Khabarhub Khabarhub

एमाले बैठकमा प्रश्न- मा‌ओवादीबाट आएकाले किन जिम्मेवारी पाएनन् ?

कांग्रेसले बालकृष्ण छुटाउँदा एमालेले टोपबहादुरको बेवास्ता गरेको गुनासो


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नक्कली शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा रहेका निलम्बित सचिव टोपबहादुर रायमाझीबारे प्रश्न उठेको छ ।

पूर्वमाओवादी पृष्ठभूमिका केही नेताले पार्टीमा उचित जिम्मेवारी नपाएको कुरा पनि उठाएका छन् । सोमबार च्यासलमा बसेको दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्य परशुराम अधिकारीले पूर्वमाओवादी धारका नेताहरूलाई उपेक्षा गरिएको कुरा नेतृत्वसामु उठाए ।

उनले माओवादीबाट एमालेमा आएका नेताहरूलाई अन्यायमा पारिएको गुनासो गरे । पार्टी कमिटीका आकार पनि सानो हुन थालेको बताउँदै त्यो पनि गुटगत हुँदा समस्या भएको गुनासो राखेका हुन् ।

‘अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतर पनि गुट छन् । माओवादी छाडेर एमालेमा आएकाहरूको कुनै गुटमा छैन,’ अधिकारीले आफ्नो समयमा भने, ‘माओ‌वादीबाट आएकाहरूले जिम्मेवारी पनि पाएनन्। त्यहीकारण कतिपय साथीहरू पूरानै घरतिर जान थाल्नुभएको छ ।’

आफ्ना कुरा राख्ने क्रममा अधिकारीले नक्कली भुटानी शरणार्थी प्रकरण पनि प्रवेश गराए । नक्कली भुटानी शरणार्थी प्रकरणमा निलम्बित सचिव रायमाझी २ वर्षदेखि जेलमा छन् ।

तर उक्त प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण केही समय जेल बसेर रिहा भइसकेका छन् ।

यसबारे पनि प्रश्न उठाएका अधिकारीले कांग्रेसले नेता खाणलाई छुटाउन सक्दा एमालेले रायमाझीलाई किन नछुटाउएको भनेर पनि नेतृत्वलाई सोधेका छन् ।

‘कांग्रेसले बालकृष्ण खाणलाई छुटायो, एमालेले टोपबहादुर रायमाझीलाई छुटाउन सकेन भनेर माओवादीले साथीहरूलाई उतै फर्काइ रहेको छ,’ अधिकारीले बैठकमा अगाडि भने, ‘रायमाझी दोषी भए जेलमै रहुन्, निर्दोष भए छुटाउनुपर्‍यो। यस प्रकरणको सत्यतथ्य कुरा बाहिर आउनुपर्छ ।’

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : २४ बजे

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक

इरानको तेल भण्डारमा इजरायलको आक्रमण: भीषण आगो लागेको दृश्य सार्वजनिक

इरान – इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको