माओवादी बैठकमा उठ्यो प्रचण्डसहित सबै नेतालाई श्रममा लगाउने कुरा « Khabarhub

माओवादी बैठकमा उठ्यो प्रचण्डसहित सबै नेतालाई श्रममा लगाउने कुरा


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने बताएका छन् ।

काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय समिति बैठकको दोस्रो दिनको छलफलका क्रममा उनीहरूले पार्टी सरकारबाट हटेपछि जनतामा जाने ऐतिहासिक अवसर आएको बताएका हुन् ।

उनीहरू सरकारबाहिर रहँदाको खाली समयमा पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सोमबारको बैठकमा पार्टी महाधिवेशनको मितिसहितको कार्यतालिका तोक्नुपर्नेमा अधिकांश नेताहरूले जोड दिएका छन् ।

उनीहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन वैज्ञानिक र वस्तुवादी रहेकाले स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए ।

सोमबार बोल्ने केन्द्रीय सदस्यहरूले अध्यक्ष प्रचण्डसहित सबै नेताहरू अनिवार्य श्रम र उत्पादनसँग जोडिनुपर्ने सुझाव दिएका छन् । ‘नेताहरूले श्रममा जोडिन सके मात्रै पार्टी पनि जनतामाझ बलियोसँग फैलिने बताउनु भएको छ’, सापकोटाले भने, ‘अनिवार्य श्रमको नियम माथिदेखि तलैसम्म लगाउनुपर्ने कुरा बैठकमा उठेको छ ।’

अर्कातिर संघीय संसद्को हिउँदे आह्वानका लागि अन्य दलसँग मिलेर दबाब सिर्जना गर्नुपर्ने सुझावसमेत आएको प्रवक्ता सापकोटाले बताएका छन् ।

बैठकमा १८० जनाले बोल्न नाम टिपाएको थिए । दोश्रो दिन ८० जनाले धारणा राखे । बैठक मंगलबार बिहान ११ बजेसम्मलाई स्थगित भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ५ : ५३ बजे

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन

आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

पाटन– नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक