ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी « Khabarhub

ऐन महरलाई कारबाही माग गर्दै अनशनमा रश्मिला धामी


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना युवती १७ दिनदेखि माइतीघरमण्डलमा अनशनमा छिन् ।

महरले आफूलाई जबरजस्ती करणी गरेको भन्दै बझाङको बुंगलकी रम्मिला धामी अनशनमा बसेकी हुन् ।

जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् ।

तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने निर्णय गरेपछि धामी महरलाई पक्राउ गरी अनुसन्धान माग गर्दै उच्च अदालत पाटन पुगेकी थिइन् ।

उच्च अदालत पाटनबाट महरविरुद्ध परमादेश जारी गर्दै गत पुस ६ गतेदेखि उनी अनशन बसेकी छन् । उनले न्याय कहिले हुन्छ ? राजनीति गर्नेलाई बलात्कार गर्ने छुट हो ? भनेर सरकारलाई प्रश्न गरेकी छन् ।

‘राज्यले कि न्याय दे, कि मेरो मृत्युको जिम्मा ले, सडक रोज्नु रहर नभएर बाध्यता हो, बलात्कार पीडितका लागि न्यायालय संवेदनशील कहिले हुने, पीडितमाथि प्रहरीको दमन बन्दर गर’ जस्ता नारासहित उनी धर्नारत छिन् ।

उनलाई केही दिनअगाडि माइतीघर मण्डलमै केही युवाह कुटपिटसमेत गरेका थिए । सार्वजनिकस्थलमा कुटपिट गर्नेलाई उनले कारवाही माग गरेकी छन् ।

महरले उनलाई हनी ट्रयापिङ (आपराधिक लाभको कसुर) मा जाहेरी दिएपछि प्रक्राउ परेकी थिइन् । महरले राजनीतिक शक्तिको दुरुपयोग गरेको भन्दै उनी अब अनशनमा छिन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ३४ बजे

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै