२०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि « Khabarhub

२०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२४ मा पाकिस्तानमा आतंककारी आक्रमणका घटनामा ४० प्रतिशतले वृद्धि भएको पाइएको छ । वर्ष सन् २०२४ मा पाकिस्तानमा ९ सय ५ वटा आतंककारी आक्रमणका घटना भएका छन् ।

पाकिस्तान इन्स्टिच्युट फर कनफ्लिक्ट एण्ड सेक्युरिटीले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२४ मा भएका आतंककारी आक्रमणमा १ हजार १ सय ७७ जनाले ज्यान गुमाएका छन् । यी आक्रमणमा परी अरु १ हजार २ सय ९२ जना घाइते भएका छन् ।

अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा भएका आक्रमणका घटनामा मृतकको सङ्ख्या २१ प्रतिशतले बढेको छ । यद्यपि घाइतेको सङ्ख्या भने ५ प्रतिशतले घटेको जनाइएको छ ।

मारिने १ हजार १ सय ७७ जनामध्ये ४ सय ८८ जना सर्वसाधारण छन् भने ४ सय ६१ जना सुरक्षा बलका सदस्य छन् । बाँकी २ सय २५ जना भने लडाकु रहेको उक्त प्रतिवेदनमा जनाइएको छ ।

पाकिस्तानी सुरक्षा बलले आतंककारीविरुद्ध गरेको कारबाहीमा भने ७ सय ९२ जना मारिएका छन् । मारिनेमध्ये ७ सय २५ जना लडाकु छन् ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ८ : ०९ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न