एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन  « Khabarhub

एमाले बैठकमा जवाफ दिँदै ओली, आजै समापन 


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता रुढ नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज (मंगलबार) नै समापन हुने भएको छ । आइतबारबाट ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सुरु भएको आठौं केन्द्रीय कमिटी बैठक तेस्रो दिन समापन हुन लागेको हो । 

बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समापन सम्बोधन गर्दैछन् । 

सोमबार ६४ जना केन्द्रीय सदस्य, ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले धारणा राखेका थिए । मंगलबार बाँकी केन्द्रीय सदस्यहरूले धारणा राखेपछि बैठक समापन हुन लागेको हो । 

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न एमालेले सबैलाई ३ मिनेटको समय छुट्टाएको थियो । 

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अनावश्यक ‘दाउपेच र छलछाम’ कारण कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने बताएका छन्  ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : ४६ बजे

धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन

रसुवा – ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र बजारमा हुनसक्ने

कञ्चनपुरमा चार वर्षमा सवारी दुर्घटनाबाट १५४ जनाको मृत्यु

महेन्द्रनगर – कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण १५४

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी