खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा फोहोर पानीका जार नष्ट « Khabarhub

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा फोहोर पानीका जार नष्ट


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरि नगरपालिकामा पानी ओसारपसारमा प्रयोग गरिएका फोहोर पानीका जार नष्ट गरेको छ ।  

सो क्षेत्रका पिउने पानी उद्योगको निरीक्षण गरी पानी उद्योगले सफा जार प्रयोग गर्नुपर्नेमा पुराना, फोहर एवं कुच्चिएका जार प्रयोग गरेको पाइएकाले ९७ वटा जार नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । 

मोबाइल फुड ल्याब भ्यान सञ्चालन गरी चन्द्रागिरि नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि तथा नगर उपप्रमुखसमेतको टोलीमार्फत प्रशोधित पिउने पानी उद्योग र डेरी तथा बेकरी पसलका खाद्य पदार्थ निरीक्षण अनुगमन गरिएको उनको भनाई छ । सो अवसरमा मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउन पानीका नमूना पनि परीक्षण गरिएको थियो ।  
     
नगरपालिकाको सहकार्यमा नगर क्षेत्रमा दूध तथा दुग्धजन्य पदार्थका खाद्य व्यवसायमासमेत निरीक्षण अनुगमन गरिएको थियो । नगर क्षेत्रमा रहेका डेरी तथा बेकरी पसलको निरीक्षण अनुगमन गरी बिक्री वितरणमा राखिएका दूधको सात वटा, खुवाको एउटा, घ्यूको पाँच वटा, पनिरको एउटा, दहीको तीन वटा र महको एउटा गरी जम्मा १८ थान नमूना सङ्कलन गरी मोबाइल फुड ल्याब भ्यानमार्फत परीक्षण गरिएको छ । 

निरीक्षण अनुगमनका क्रममा एनडिडी कृषि तथा पशुपन्छी फार्म चन्द्रागिरि–१५ मा उपभोग्य मिति गुज्रेका चार थान दही तथा एक थान लच्छा पराठा भेटिएकाले नष्ट गरिएको थियो । पौडेल डेरी चन्द्रागिरि नपा १२ को खुला दूधको नमूना परीक्षणमा ‘निउट्रालाइजर’ पाइएकाले करिब १२ लिटर दूध नष्ट गरी कारबाही गरिएको विभागले जनाएको छ । विभागले अनुगमन निरीक्षणलाई निरन्तरता दिने प्रवक्ता महर्जनले बताए ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  २ : ०३ बजे

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी– मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका साथ

ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको

सरकारमा सहभागी हुने मन्त्रीको अन्तिम टुंगो लगाउँदै रवि र बालेन्द्र : १५ देखि १८ जना मन्त्री बन्ने

काठमाडौँ – नयाँ सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउन राष्ट्रिय

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं– यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र

काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो

काठमाडौँ – गोरेटो एजुकेशन कन्सलटेन्सीले आफनो नयाँ शाखा काठमाडौँको बागबजारमा