एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’ « Khabarhub

एमालेले कार्यकर्तालाई फेसबुक चलाउन सिकाउने ! जथाभावी बोले ‘घोक्रेठ्याक’


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेकपा एमालेले आफ्ना कार्यकर्ताहरुलाई स्मार्ट मोबाइलबाट सामाजिक सञ्जाल चलाउन अभ्यस्त बनाउने भएको छ ।

विपक्षीहरुले सामाजिक सञ्जालको प्रयोग गरेर एमालेमाथि गर्ने आलोचना र गालीको प्रतिवादका लागि कार्यकर्तालाई ‘स्मार्ट’ बनाउने उद्देश्यले पार्टीले फेसबुक चलाउन सिकाउने भएको हो ।

सामाजिक चलाउन सिकेका कार्यकर्ताले पार्टीको कमी कमजोरीबारे भने सार्वजनिक रुपमा अभिव्यक्ति दिन पाउने छैनन् । त्यसो गरेको खण्डमा उनीहरुमाथि कारबाही गरिने चेतावनीसमेत एमाले हेडक्वार्टरले दिएको छ ।

पछिल्लो समय एमालेविरुद्ध घेराबन्दी भएको, नेताहरुको चरित्र हत्या गरिएको र साइबर हमलाको शिकार हुनुपरेको भन्दै एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चिन्ता व्यक्त गरेका छन् । यसको प्रतिवादका लागि कार्यकर्तालाई स्मार्ट बनाइनुपर्ने उनको निर्देशन छ ।

एमाले संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले वडास्तरीय अभियानका लागि तयार पारेको प्रस्तावमा ‘साइबर हमलाको प्रतिवाद गर्ने’ भनिएको छ । मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले पारित गरेको यो अभियान एमालेले देशभैरिका वडा तहसम्म चलाउने भएको छ ।

प्रस्तावको बुँदा नम्बर ७ मा ‘साइबर हमलाको प्रतिवाद गर्ने काम’ उपशीर्षकमा भनिएको छ, ‘आ–आफ्नो मोबाइलबाट पार्टीको सकारात्मक प्रचार कार्यमा जुट्न (प्रचारको स्मार्ट शैली अपनाउन) सम्पूर्ण सदस्यलाई अभ्यस्त गराउने । सामाजिक सञ्जालको सही उपयोगको महत्वबारे प्रशिक्षित गर्ने ।’

एमालेले भनेको छ, ‘साइबर हमलाको सशक्त र प्रभावकारी प्रतिवादका लागि सदस्यहरुलाई सम्पूर्णरुपले अनलाइनमा लैजानु आवश्यक छ ।’

एमालेको वडा अभियानसम्बन्धी प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति र नेतृत्वका विरुद्ध भैरहेको घेराबन्दी, षड्यन्त्र र फैलाइएका एक–एक भ्रमहरूको जमेर प्रतिवाद गर्ने । तथ्य आधारित तर्कपूर्ण प्रश्नहरू व्यापक गर्ने ।’

तर, पार्टीको मोबाइलमा सामाजिक सञ्जाल चलाउन अभ्यस्त बनाइएका एमाले कार्यकर्ताले आफ्नो पार्टीको नीति र नेताका सन्दर्भमा टिप्पणी गरेको खण्डमा भने उनीहरुमाथि कारवाही हुनेछ ।

एमालेको वडा अभियानको प्रस्तावमा भनिएको छ, ‘लहै–लहैमा लागेर कुनै सदस्यले पार्टीको नीति र नेतृत्वका बारेमा अनास्था जाग्ने कुरा सामाजिक सञ्जालमा पस्कनु अराजकता हुन जान्छ । त्यसलाई वडा तथा टोल कमिटीले गम्भीर रुपले लिने र विषयको गम्भीरता हेरी कार्वाहीको विषय बनाउने ।’

एमाले मिथ्या प्रचारको शिकार बनेको ओलीको गुनासो

नेकपा एमालेका अध्यक्ष ओलीले आफ्नो पार्टी मिथ्या प्रचारको सबैभन्दा ठूलो शिकार भएको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले भनेका थिए, ‘मिथ्या र भ्रामक प्रचारको खण्डन र सकारात्मक प्रचारको अभियान सञ्चालनः मिथ्या र भ्रामक प्रचार आज सिङ्गो समाजका लागि पनि चुनौती बनिरहेको छ । यसले सामाजिक सद्भाव खलबल्याउने, नागरिकहरुमा निराशा र विभाजन पैदा गर्ने एवं ठूलो मानसिक समस्या (स्ट्रेस) सिर्जना गर्ने काम गरिरहेको छ । सूचना प्रविधिलाई मानवीय सम्बन्ध, उत्पादनको विकास र आफ्नो सिर्जनशीलतामा सदुपयोग गर्नुको साटो यसको दुरुपयोग गर्दै डिप फेक, एआई जेनेरेटेड भ्रामक सामग्रीको निर्माण र मिथ्या प्रचार मार्फत् राज्यका निकाय, राजनीतिक दल र तिनको नेतृत्व, सुरक्षा संवेदनशीलता र अर्थतन्त्रमाथि नै प्रहार गर्ने क्रम बढेर गएको छ । यस्तो मिथ्या प्रचारको सीमा पार प्रयोग झनै ठूलो चुनौती बनेको छ । हाम्रो पार्टीका लागि त यो चुनौती झनै ठूलो बनेको छ ।’

एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘निराधार र कपोलकल्पित आरोप लगाउने, नेताहरुको चरित्र हत्या गर्ने र जनतामा भ्रम एवं निराशा फैलाउने यो अभियान केबल केही नेताहरु विरुद्ध मात्रै लक्षित छैन । केही व्यक्तिहरुको लहडमा मात्रै सञ्चालित छैन ।…. पार्टीका विरुद्ध योजनाबद्ध रुपमा दुष्प्रचारको अभियान चलाइएको छ ।’

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : ५४ बजे

विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह

काठमाडौं– विवाह गर्ने विद्यमान कानुनी उमेर २० वर्ष नै कायम

रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली

सरकारलाई उच्चको पनि झट्का, वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक

तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई

मन्त्रिपरिषद्का ११ निर्णय : शिक्षकको तलबदेखि जापानको २ अर्ब ७३ करोड अनुदान स्वीकारसम्म

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत